कभर स्टोरी भिडियो

बिन्ती छ प्रचण्डज्यू, धुर्मुस–सुन्तलीलाई दुःख नदिनूस् (भिडियाेसहित)

सेनाले देशै जिम्मा लिनु पर्छ, ओली अब ‘खड्काजी’को रोलमा जाँदा हुन्छ 

बिन्ती छ प्रचण्डज्यू, धुर्मुस–सुन्तलीलाई दुःख नदिनूस् (भिडियाेसहित)

काठमाडौं । नेपालआजको नियमित स्तम्भ ‘स्ट्रेट फरवर्ड’मा पुनः डा. प्रेम सिंह बस्न्यात उपस्थित हुनुभएको छ । खरो, कडा र सीधा बोल्ने डा. बस्न्यातले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका नेता माधवकुमार नेपालविरुद्ध कटाक्ष गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग भएको कुराकानीको सार उहाँकै शैलीमाः 

 

‘फौजीहरुमा स्टान्डर्ड अपरेटिङ प्रोसिजर भन्ने हुन्छ । एक मेकानिजम चल्छ । जसरी यन्त्र चलाउन एउटा स्वीच थिचिन्छ त्यसैगरी अरु काम गर्न पनि यहि शैली अपनाउनु पर्छ । यसो हुन सक्दा भन्नेसाथ काम फटाफट हुन्छ । सरकारमा भने मेकानिजम नै छैन । प्रधानमन्त्रीले खरिदार बोलाएर निर्देशन दिनु पर्छ । मन्त्रीलाई नै बाइपास गरिन्छ । पत्रकारले लेखे भनेर मन्त्री रिसाउछन् अर्थात उनीहरु आफ्नो भक्ति सुन्न मन पराउछन् ।

 

प्रधानमन्त्रीको फाईफुट्टी बेग्लै छ । उहाँको घोषणापत्र बर्लिन डिक्लरेसन जस्तो हुन्छ । वडाध्यक्षले गर्ने उद्घाटन गरेर प्रधानमन्त्री फाईंफुट्टी लगाउँछन् । 

जानु पर्ने एकातिर छ, सरकार अर्कोतिर गइरहेको छ । दल, सरकार र मन्त्रीहरु एउटै मेकानिजमबाट चलिरहेका छैनन् । हामी नागरिक समाजलाई बाटो देखाइदिने हो । हामी तेल घस्न जाँदैनौं । 

 

ओली अब ‘खड्काजी’को रोलमा जाँदा हुन्छ 
केपी ओलीले अब मेरी बास्सैको ‘खड्काजी’को रोलमा जाँदा हुन्छ । सिंहदरबारको मेच धुर्मुस सुन्तलीलाई दिए हुन्छ । प्रधानमन्त्रीले विराटनगरमा पुरानो गोबर ग्यासको उद्घाटन गर्नुभयो । कलाकार विकासको योजनाकार बन्ने, प्रधानमन्त्री जोकर बन्ने हास्यास्पद भएको छ । 

 

भरतपुरमा बहुद्देश्यीय रंगशाला चन्दाबाट  
संघीयता भनियो, तीन तहको सरकार भनियो । अन्तमा दलहरुले आफ्ना ‘आठ पहरिया’हरुलाई जागिर खुवाउने मात्रै काम गरे । हरेक गाउँपालिकाको अध्यक्षलाई लाखौंको गाडी चाहिएको छ  । विकास बजेट त खर्च गर्नै सक्दैनन् । सुरुमै चाहिएको छ गाडी । भिक्षा मागेर रंगशाला बनाउने हो भने पिएचडी गरेका अर्थमन्त्री किन चाहियो ? सरकारी बजेट दलका झोलेहरुकालागि खर्च भएको छ । विकास त कहाँ भएको छ ? 

 

विश्व चकित 
नौ कक्षा पासेहरुको भनाइ यस्तै हुन्छ । जुन देशमा नौ पासेहरु प्रधानमन्त्री, परराष्ट्रमन्त्री हुन्छन्, त्यहाँ त्यस्तै हुन्छ । उहाँहरुको मनमा चाहिँ डाक्टर हुने छ । तर क्यालिबर भने ८ कक्षाको हुन्छ । नौ दश पास गरेकाहरुको मनमा आउने कुरा नै यस्तै हो । यस्तो त अनपढको मुलुकमा हुँदैनन् । विश्व चकित भएको चाहिँ यहाँको दूरावस्था देखेर हो । 

 

सल्लाहकार बेठिक 
ओलीजीले यि चार पाँच जना झापालीहरुलाई नियन्त्रणमा राख्नु पर्छ । राणा राजाको पालामा पनि राई, लिम्बु, नेवार सल्लाहकार हुन्थे । खै त अहिले ? सबै क्षेत्री बाहुन राखेका छन् । डिएफआइडीको पैसा खानेहरुले तराई टुक्रा पार्छु भन्छन् । छिमेकीका जासुसहरु ओलीका सल्लाहकार छन् । कलाकारखाना सत्यानाश पार्ने जिफन्टका नेता उनका सल्लाहकार छन् । यस्ता झोलेहरुबाट केही हुनेवाला छैन । ओलीका सल्लाहकारहरुको क्षमता छैन । ओलीले अब देश चलाउन सक्दैनन् । यिनी जोकर बन्न भने सक्छन् । योगेश भट्टराई त अर्का चरी हुन् । यिनले पनि अब मन्त्री पद पाउनेवाला छन् । 

 

सेनाले देशै जिम्मा लिनु पर्छ 
कार्यपद्धतीको मैले कुरा गरेको हो । सेनालाई जबर्जस्ती विकासमा तानिएको छ । निर्माणको काम त ठेकेदारहरुले गर्ने हो । यहाँ त ठेकेदार त सांसद मन्त्री बनेका छन् । देशका प्रधानमन्त्री ओलीले निजी एअरलाईन्सलाई महत्व दिन्छन् । निजीलाई टोकियो, नेवानीलाई ओसाकामा रुट दिन प्रधानमन्त्रीकै चलखेल छ भन्ने छ । हरेक बाटोमा सेनालाई बिन्तीपत्र हालेर बनाउन दिइएको छ । 

 

कलाकारले देश विकास गर्नु पर्ने ? सेनाले देश विकास गर्नुपर्ने हो भने अब ५० हजार सेना थपेर देश नै जिम्मा लिनु पर्छ । न्यायालय र सेना मिलेर अब देश चलाउनु पर्छ । डनहरुले देश खाइसके । चरी मारिँदा रुने मानिस प्रधानमन्त्री छन् । राणाहरुको पालामा भित्रिनेहरु हुन्थे । उनीहरुको नाम अलैंची, सुकुमेल, सुन्तली अनार, जुनार जस्ता हुन्थे । तिनको काम राणाहरुलाई खुसी पार्ने हुन्थ्यो । बाहिर भने केटा पनि राख्थे । अहिले पनि राणाहरुकै अलैंची सुकुमेल जस्ताले अवसर पाइरहेका छन् । मदन भण्डारीकी पत्नी राष्ट्रपति भइन्, जीवराज आश्रितकी पत्नी कता छिन् थाहा पनि छैन । समावेशीका नाममा नेताकै पत्नी आउँछन् । मधेसीको कोटामा चौधरी अर्बपति आउँछन् ।

 

सिखण्डी उतार्ने योगेश 
योगेश भट्टराई भन्ने एउटा डन देखेँ मैले । युवा नेताको दृष्टिले मैले केही अपेक्षा राखेको थिएँ । केही गर्ला कि भन्ने थियो । यिनले मन्त्री खान पो यसो गरेका रहेछन् । विजय थापा नामका सिखण्डी गोविन्द केसीविरुद्ध योगेशले खडा गरे । कहाँका राजाराम, कहाँका गंगुतेली । गोविन्द केसीको भर्सेसमा विजय थापा जस्ता सिखण्डी अगाडि सार्नु भनेको योगेश भट्टराईको दुर्बलता हो । 

 

नौ पासेहरु 
दुर्गा प्रसाई पनि आठ पासे हो । केपी पनि नौ पासे हुन् । स्तर एकै हो । गोविन्द केसी त भविष्यमा राष्ट्रपति हुन योग्य व्यक्ति हुन् । उनको घरबार छैन । बाहिर क्लिनिक छैन । विवाह गरेका छैनन् । सन्ततीका लागि भनेर अकुत सम्पत्ति जोडेका छैन् । जहाँ जहाँ समस्या पार्छ आफ्नै खर्चमा मानव सेवा गर्न निस्किन्छन् । यति हो कि यिनले गगन थापाको चुनावमा हिँड्न हुँदैन थियो । म नेपाली सेनाको पूर्वअफिसर हुँ । मैले पनि उनको पक्षमा ऐक्यबद्धता जनाउन हुँदैन थियो । शेरबहादुर देउवाले भेटेको भोलिपल्ट डा. केसीले अनसन तोडन हुँदैन थियो । 

 

प्रचण्ड भारतका भक्त हुन चाहन्छन् 
प्रचण्ड भारतको भक्त हुन चाहन्छन् । चीनसँग पनि नजिक हुन चाहन्छन् । पछिल्लो समय यिनी चीन भ्रमणमा जाँदा यिनलाई चीनले धेरै वास्ता गरेन । यिनलाई भारतीय पपेट, पश्चिमाको लगाममा बसेका रुपमा चीनले बुझ्छ । अमेरिकाले नेता भन्दा कर्मचारीलाई विश्वास गर्छ । भारत र भेनेजुयलाको सम्बन्ध राम्रो भएकोले यस्तो लेखेको हो । अर्को भनेको कम्युनिष्ट कम्युनिष्ट एक भन्नका लागि यसो गरेको हो । प्रचण्डको यो कदमले नेपाललाई अप्ठ्यारो पारेको छ । अमेरिकाले उचालेर इन्डो प्यासिफिक घोषणा गरिहाले । यो चीन घेर्ने नीति हो । यो काम नेपालले गर्नै हुँदैन । यो अलिकति भारतीय प्लान पनि हुन सक्छ । ’

धुर्मुस–सुन्तली डा. प्रेम सिंह बस्नेत स्ट्रेट फरवर्ड