स्वास्थ्य

 दही खानुस्, यस्तो छ फाइदा

 दही खानुस्, यस्तो छ फाइदा

 

काठमाडौं । शरीरका लागि निकै स्वस्थकर र फाइदाजनक मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ । ५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष आएको हो ।  यस्ता छन् अध्ययनले निकालेका निष्कर्ष:

 

नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउँछ ।


अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक अध्ययनमा  खानासँग दहीको प्रयोग गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुटकारा दिलाउँछ । जसले हप्तामा दुईपटक दही खान्छ, उसलाई भविष्यमा हुने स्ट्रोक अर्थात पक्षाघात को सम्भावना २० प्रतिशत कम हुन्छ । नयाँ पत्रिकाबाट