मुख्य समाचार प्रदेश ५

दाङ जिप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते

दाङ जिप दुर्घटनाः दुईको मृत्यु, ५ जना घाइते

बुटवल  । दाङमा बुधबार राति भएको सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दाङको दुधरासबाट छिल्लीकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्वरको पिकअप जिप बाहिरी संक्राम भन्ने स्थानमा दुर्घटना हुँदा चालक तुल्सीपुर उपमहानगर पालिका–१९, बाँसगडीका ३५ बर्षिय लालबहादुर रावत र सोही वडा छिल्लीकोट ५५ बर्षिय अमरबहादुर ओलीको मृत्यु भएको हो ।

 

घाइते हुनेहरुमा सोही वडाका  बर्ष ४४ का कर्णबहादुर खड्का  १६ बर्षिय लिलाबहादुर खड्का , घोराही उपमहानगरपालिकी २२  बर्षिया सपना सिंह ठकुरी , उनका ५ बर्षका छोरा सन्दिप  र सुजल सेन रहेका छन् । भर्खरै निर्माण गरिएको मोटरबाटो पानीले हिल्लाम्मे भई गाडी चिप्लीएर दुर्घटना भएको र घाईतेहरुको  तुल्सीपुर प्रादेशिक अस्पतामा उपचार भई रहेको  दाङ्गका प्रहरी प्रबक्ता रामप्रसाद घर्तिले जानकारी दिए । 

जिप दुर्घटना दाङ