समाचार प्रदेश ६

हुम्लामा फेरि भारी हिमपात, तापक्रम माइनस ७ डिग्री

हुम्लामा फेरि भारी हिमपात, तापक्रम माइनस ७ डिग्री

सिमकोट । हुम्लामा मंगलबार रातभर फेरि भारी हिमपात भएको छ । बुधबार बिहानसम्म एक फिट हिउँ जमेको छ । हिमपात भएसंगै तापक्रम माईनस सातमा झरेको छ भने चिसो निकै बढेको छ । पटक पटकको हिमपातले सेताम्मे हुम्ला यो हिमपातले जताततै सेतो मात्र देखिएको छ । बजार सुनसान छ । 

 

मानिसहरु घर बाहिर निस्कन कठिन छ भने उत्तरी क्षेत्रका उच्च स्थानमा तीन फिटसम्म हिमपात भएको छ । यसबाट सबै भन्दा बढी आगामी चैत १० गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा ( एसईई) तयारी गरि रहेका विद्यार्थी मर्कामा परेका छन । जिल्लाको एक मात्र यातायात हवाई सेवा पनि बन्द रहेको छ । नाम्खा गाउँपालिकाको लिमी संचार सम्पर्क विहीन छ । स्थानीय बासिन्दाहरु निक्कै प्रभावित भएका छन् । यो हिमपात हुम्लाको एघारौ हिमपात हो ।

 

हिमपात