मनोरञ्जन कला साहित्य

रोयल्टी संकलन समाजको २३ लाख गायब, अध्यक्ष अधिकारी तनाबमा

रोयल्टी संकलन समाजको २३ लाख गायब, अध्यक्ष अधिकारी तनाबमा

काठमाडौं । संगीतकार सुरेश अधिकारी र महेश खड्काहरुका कारण भाँडभैलो मच्चिएको छ, रोयल्टी संकलन समाजभित्र । संस्थाको खातामा हुनुपर्ने थियो १ करोड १४ लाख । तर, भेटियो यताउता ९१ लख मात्र । २३ लाख रकम सुरेश अधिकारी अध्यक्ष रहे ६ वर्षसम्म  ।

 

महेश खड्कालाई संस्था जिम्मा लगाउनुपूर्वको साधारणसभामा सदस्यहरुले हिसाब–किताब खोजेपछि, भोलिपल्ट साधारणसभा डाके । र, यो काढडमा जो मुछिएका व्यक्तिलाई छानबिन समितिमा राखे । संयोजक तोकिए, अर्थ मन्त्रालयबाट रिटायर्ड भई हाल गीतकार समाजको अध्यक्ष रहेका चूडामणि देवकोटालाई  । उनी राजधानीमा नभएको अवस्थामा । महेश खड्का र सुवास रेग्मीलाई सदस्य ।

 

तर, समिति बनेको महिना दिन हुन लाग्दासमेत बैठक बस्न सकेको छैन । स्रोतका अनुसार चूडामणिले चाटर्ड एकाउन्टेन्ड एकजना र प्रतिलिपि रजिष्ट्रार कार्यालयका प्रतिनिधिलाई समेत संग्लन नगराएको खण्डमा समितिमा नबस्ने अडान राखेका छन् । यता, महेशले कान्छी पत्नी मीनाक्षी कोइरालालाई करार हुँदै अहिले सीइओ पदमा नियुक्त गरेसँगै संस्थाका सदस्य चिढिएका छन् । 

 

यसअघिका अध्यक्ष सुरेश अधिकारीले पनि कान्छी श्रीमती भित्र्याएका थिए । नर्वे सरकारले झण्डै ४० लाख रुपैयाँ समाजलाई सहयोग गर्दै आएकोमा अपारदर्शी गतिविधि बढेको भन्दै सहयोग रोक्का गरिदिएको थियो । यो समाचार जन आस्था साप्ताहिकबाट लिइएको हो । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।