मुख्य समाचार भिडियो

‘मतपत्र च्यात्दा पनि मौन बसेर रेणुलाई जिताइयो, गलत भयो’ उपप्रमुख ठकुरी (भिडियोसहित)

‘मतपत्र च्यात्दा पनि मौन बसेर रेणुलाई जिताइयो, गलत भयो’ उपप्रमुख ठकुरी (भिडियोसहित)

काठमाडौं । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुुरीले मतपत्र च्यात्दा पनि मौन बसेर रेणुलाई जिताएर भूल गरेको बताएकी छिन् । 

 

प्रमुख रेणु दाहालले महानगरमा एकलौटी हैकम गर्न थालेपछि आफू बाध्य भएर बोल्न आएको भन्दै उनले भनिन्, ‘महानगर प्रमुखले चलाउने हो, अरुको काम छै्रन भन्ने शैलीमा प्रस्तुत हुनु भएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकार प्रयोग गर्न पनि पाइनँ ।’

 

उपप्रमुख शाहले आफूले बोल्दा मात्रै पनि नेकपाका विद्यार्थीहरुले मेरो हाट काटिदिने, अनुहारमा एसिडले आक्रमण गरिदिने, आँखा निकालिदिने भनेर धम्की दिएका छन् । तर यो विषयमा महानगर भने मौन छ ।’

महानगरमा प्रमुख दाहालका कारण आफूहरुले जनतासमक्ष गरेको वाचा पूरा नहुने सम्भावना बढेको उनले बताइन् । महानगरमा सञ्चालन भइरहेका विकासे कार्यक्रमहरु पुरानै कार्यक्रमको निरन्तरता मात्रै भएको उपप्रमुख ठकुरीले स्पष्ट पारिन् । 

 

उनले भनिन्, ‘हामी स्थानीय सरकार भनेर बसेका छौं । तर एउटा रंगशाला बनाउने ल्याकत पनि हामीले राखेनौं । किसान र मजदुरका लागि काम गर्ने वाचा गरेका थियौं । तर अहिले किसानहरुले आफ्नै फसलमा डोजर चलाइरहेका छन् ।’

 

काठमाडौंमा आज ठकुरीले पत्रकार सम्मेलदन गर्दै भरतपुर महानगरमा अनियमितता बढेको, लेखा समिति गठन नै नभएको, जिन्सी समिति गठन नभएको, प्रमुखले महत्वपूर्ण समितिहरु एकलौटी ढंगले सञ्चालन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई विभेद गरेको आरोप लगाइन् । 
उनले भरतपुर महानगरपालिकाकी मेयर दाहालमा आफू पार्टी अध्यक्ष प्रचण्डको छोरी हुँ भन्ने घमण्ड पनि हुन सक्ने उल्लेख गरिन् । तर बोलीमा भने उनी नम्र रहेको बताइन् । 

पार्वती शाह ठकुुरी