समाचार प्रदेश ७

जिप दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

डोटी  । अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा गएराति १२ बजे लु१च २५०८ नंको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाजी ४२ वर्षका बब्लुको मृत्यु भएको हो।

 

यस्तै, डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँ बस्ने वर्ष १९ का शङ्कर राणा र जिप चालक तथा साहु अन्दाजी ५० वर्षीया सुवास प्रजापति घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब २ सय मिटर तल खसेका कारण मृतकको शव जिपभित्रै च्यापिएकाले प्रहरीले जनाएको छ।

डोटी जिप दुर्घटना

विशेष