इतिहास र अनुभूति भिडियो

समाज ‘ग्रुप सेक्स’बाट ‘इन्डिभिज्वल सेक्स’मा रुपान्तरण भएको देखिन्छ (भिडियोसहित) भाग ३

समाज ‘ग्रुप सेक्स’बाट ‘इन्डिभिज्वल सेक्स’मा रुपान्तरण भएको देखिन्छ (भिडियोसहित) भाग ३

पाठक एवं दर्शकहरुको अनुरोधबमोजिम नेपालआजले  ‘इतिहास र आज’ नामक शृंखलाबद्ध कार्यक्रम शुरु गरेको छ । यो शृंखलामा इतिहासका विद्वानहरुले नेपालको इतिहासबारे जानकारी दिनुहुनेछ । शृंखलाको पहिलो  चरणको तेस्रो भागमा पनि  हामीले त्रिभुवन विश्वविद्यालयमा ३५ वर्ष इतिहास अध्यापन गराउनु भएका प्रा.डा. सुरेन्द्र केसीलाई आमन्त्रण गरेका छौं । 

कार्यक्रम ‘इतिहास र आज’का प्रस्तोता हरिराम रिमालसँग कुराकानी गर्दै डा. केसीले इतिहासका विभिन्न आयामहरुबारे केलाउनु भएको छ । विशेषत मल्लकालबारे उहाँले भन्नुभएकोछ–

 

कीर्तिपुरका एक-दुई आक्रमणमा काठमाडौंका राजाहरू एकगठ भएर प्रतिरोध गरेका छन्, त्यसमा पृथ्वीनारायण शाहको जित हुन सकेन। अरू सानातिना युद्धहरूमा पनि काठमाडौंका राजाहरू एकगठ भएका लडाइँ गरेका छन्। त्यहाँ पनि पृथ्वीनारायण शाह पराजित भएका छन्। त्यसपछि विस्तार पृथ्वीनारायण शाहले आफ्नो सम्बन्ध काठमाडौंका राज्यहरूसँग बढाए। उदाहरणका लागि जयप्रकाश, रणजीत मल्लको छोरासँगको मितेरी सम्बन्धलाई लिन सकिन्छ। मितबुबाको राज्य भन्दै उनी काठमाडौंका राज्यहरूमा वर्षौं बसेका छन्। बसाइँका क्रममा उनले काठमाडौंको वातावरण बुझ्छन्। 

 

त्यस्तै, काठमाडौंका राज्यहरूमा बेमल बढेपछि गोरखा राज्यलाई काठमाडौंमा राजा हुन नै आग्रहसमेत गरिएको इतिहास छ। तर पृथ्वीनाराण शाहले आफू आउँदा अफ्ठ्यारो हुने औँल्याएर भाइहरूलाई पठाएका छन्। पृथ्वीनारायण शाह 'क्याल्कुलेटिभ' हिसाबले चलेका छन्। मल्ल राजाहरूले भने उनको 'क्याल्कुलेसन' बुझेका छैनन्। त्यसले गर्दा नै काठमाडौंमा पृथ्वीनारायण शाहको विजय सम्भव भएको हो। 

मल्ल राजाको प्रजाप्रतिको बेमेल

भारदारहरूसँग मल्ल राजाहरूको राम्रो सम्बन्ध थिएन। अर्को कुरा स्त्रीकै कारण राज्य पतन भएका घटनाहरू  इतिहासमा बारम्बार दोहोरिएको छन्। काठमाडौंका राज्यहरूमा पनि महिला फ्याक्टरका कारण नै भारदार र राजाहरूबीचमा द्वन्द्वको विषय बनेको जस्तो देखिन्छ। ३०० वटा रानी वा रखौटीहरू राजाले राखेको वा सती गएको कुराहरू इतिहासमा आएको छन्। दुर्व्यवाहार नगरी यस्ता परिघटनाहरू त आएनन् होला। यी कुराले राज्यभित्र तिक्ता कुठ्ठा आक्रोश पैदा हुनु स्वाभाविक हो। यीनै घटनाका कारण कहिँ न कहिँ द्वन्द्व त थियो होला। तर अहिले जसरी त्यसबेलाका शासकहरू धेरै नै अप्रिय हुने भन्ने थिएन जस्तो देखिन्छ। किनकि त्यसबेला राजाको ठूलो एउटा मानमर्यादा थियो। अर्को कुरा राजाले  गर्ने दुर्व्यवहारलाई प्रजाले सहने गर्थे। दबाएर राख्ने पनि गरिन्छ। किनभने राजा भनेको देवताको अंश हो भन्ने चलन पनि छ।

 

मल्ल कालमा यौनमा प्रजाहरूलाई पनि छुट थियो? त्यसबेला मन्दिरहरूमा यौनाकृतिका कलात्मक टुडालहरू निर्माण गरिएरका थिए। यसले एउटा संकत गर्छ त्यो बेला अन्तरंग सम्बन्धहरूमा खुल्ला पन थियो भन्ने। तर, यौन 'ग्राउण्ड रियालिटी' जस्तो लाग्छ। मल्ल कालमा मन्दिरहरूमा यौनाकृतिका टुडालहरू किन बनाइ भन्ने कुरा एउटा खोजीको बन्न सक्छ। सम्भवतः दर्शन योग्य ठाउँ उपयुक्त ठाउँ त ती मात्रै थिए। किनकि पब्लिक प्लेस थिएनन् त्यो बेला। अहिले पनि कतिपय मन्दिरहरूमा बियोंग स्थिति हामीहरूले देख्छौँ। यौन प्रतिको आकर्षण बढाउने परिवेश पनि त्यहाँ भएको हुन सक्छ। 

 

त्यो बेलामा प्रजाहरूमा यौनिकतामा प्रतिबन्ध थियो भन्ने चाहीँ होइन। 'ओपन सेक्स' विस्तार 'सेक्रेट सेक्स' र 'ग्रुप सेक्स' विस्तारै 'इन्डिभिज्यल सेक्स'मा परिणत भएको इतिहासले देखाउँछ। त्यसको सापेक्षतामा भएका 'सेक्सुअल एक्टिभिटी'लाई 'क्राइम'हरू मान्न वातावरण सृजना भएको छ। तर, मल्ल कालमा केही कारणले सेक्सुअल एक्टिभिटीमा सिथिलता आउने स्थिति बनेको हुन सक्छ। किनकि त्यो बेला जति धेरै सन्तान भयो उति राम्रो मान्न चलन थियो। श्रमको औजार, सुरक्षाका लागि पनि बढी सन्तान भएको राम्रो मनिन्थ्यो। उर्भर भूमि धेरै थियो। काठमाडौंको कुरा गर्दा चिसो ठाउँमा सेक्सुल एक्टिभिटी कम हो कि भन्ने पनि छ। त्यस कारण यस्तो खालको कलाकारिता परिकल्पना गरिएको हुन सक्छ। तर यो सतही अवलोकन मात्रै हो। 

 

शाह वंशको उदय

त्यो समय राज्य निर्माणको श्रृंखला चलिरहेको थियो त्यो बेला यो बेल्टमा। विशाल खस सम्राराज्यको थियो त्यो बेला। समयको अन्तरालमा मुस्लिम आक्रमण अल्ली बढेपछि सायद त्यहाँबाट यो वंशको उदय भयो कि। त्यो बेला शाह वंशका कम्तिमा पनि ८ वटा जति राज्य थिए। लम्जुङबाट त्यहाँको वंश नै गोरखा राज्यको आग्रहमा गोरखा लगिएको छन्ने इतिहासमा उल्लेख छ।  त्यो सयम राज्य एउटा आवश्यक वस्तु बन्दै थियो, कानुन परिपालनाका लागि।

 

प्रजाले जबरजस्ती राजा बनाउथे रुसोको 'सोसियल कन्ट्राक्ट थ्यरी' जस्तो। हामी तिमीलाई मान्ने कर तिर्ने तिमीले हामीलाई ल एन्ड अडर दिऊ भन्थे। त्यसैको परिवेशमा यी परिघटनाहरू निर्माण भएका हुन्। विस्तारै यी कुराहरूलाई राजनीतिक अभिप्रायले हेर्ने परिस्थिति देखा पर्छ। मेरो विचारमा शाह वंशको उदय काल राज्य निर्माणको एउटा चरण हो। त्यो बेला राज्य हाम्रो लागि अपरिहार्य थियो। त्यसै क्रममा व्यवस्था राजतन्त्रात्मक हुन पुग्यो। किनकि योभन्दा दोस्रो विकल्प थिएन। त्यसबेला पार्टी घोषणा भएका थिएनन्, अनि कम्युनिस्ट घोषणा पत्र खुलेका थिएनन्।

 

गोरखा राज्यमा के थियो?

गोरखा राज्य अगाडि बढ्नुको मुख्य कारण त्यहाँको भू-बनोट र सुरक्षालाई मान्न सकिन्छ। प्रायः २२/२४ राज्यहरूले निर्माण गरेका हेडक्वाटरहरू सुरक्षा र उर्भारशीलतालाई प्राथमिकता दिएका छन्। म पुगेका धेरै ठाउँमा त्यस बेला बनाइएका हेडक्वाटरहरू भौगोलिक रूपले सुरक्षित भएका देखिन्छ। गोरखा अगाडि बढ्नुको पछाडि यो नै प्रमुख कारण हो जस्तो लाग्छ। 

 

भौगोलिक सुरक्षाको उदाहरण हेर्दा मकवानपुर र नुवाकोटलाई लिन सकिन्छ। मकवानपुर पृथ्वी नारायण शाहले सजिले जित हाँसिल गरे तर नुवाकोटमा मार खाए। किनकि नुवाकोट भौगोलिक रूपमा सुरक्षित थियो। त्यस्तै, कीर्तिपुर जित्न गाह्रो भयो तर काठमाडौंलाई जित्न सहज भयो।

 

पृथ्वी नारायण शाह किन सफल?

राजा राम शाहका पालादेखि नै गोरखा राज्य ख्याति नै छन् र अन्य राजाहरू पनि त्यति  कमजोर छैन। त्यही विरातलाई पृथ्वी नारायण शाहले निरन्तरताका हुन्। आफ्ना बुबाहरूले विस्तार गरेको राज्यलाई बढाउने छोराहरूको अरू बढी चाहना हुन्छ। त्यो विरासतलाई सफलतापूर्वक अगाडि बढाउने क्षमता पृथ्वी नारायण शाहमा राम्रो देखियो। त्यसपछि उनको अर्को फ्याक्टर भनेको ठूलो राज्यको सम्राट हुने महत्वकांक्षा हो। साथै उनको नेतृत्व गर्ने क्षमता बलियो थियो।

 

इतिहास पढ्दा पृथ्वी नारायण शाहमा देशभित्र मात्रै होइन बाहिर पनि हेर्नु पर्छ भन्न् सोच थियो। उनले भारतका विभिन्न राज्यमा गएर बुझेको पनि देखिन्छ। उनी नयाँ गर्न सक्ने क्षमता थियो। जनातासँग मिल्लेर काम गर्न सक्ने क्षमता र कुटनीतिक चातुर्यता पनि उनीसँग थियो। त्यसै अनुरुप उनले काठमाडौंका जयप्रकाश मल्लसँग मितेरी साइनो बनाउनु, रणजीत मल्ललाई मितबुबालाई खुट्टामा ढोग्नु यसका उदाहरण हुन्। उनले हरेक कुरालाई क्याल्कुलेटिभ ढंगले हिसबा किताब गर्न सक्थे। सक्षम लिडर र  कमाण्डरमा हुनुपर्ने गुणहरू पनि उनीमा थिए। त्यसैले अरू राजाले जस्तो असफलता बेहोर्नु परेन।

 

पृथ्वीनारायण शाहको एकीकरणलाई कसरी बुझ्ने?

पछिल्लो समय पृथ्वीनारायण शाहले विध्वंस मच्चाको भन्दै केही समूहले असन्तुष्टि व्यक्त गरेका छन्। के कुरामा उनीहरूको असन्तुष्टि हो? किन हो? भन्ने कुरालाई प्रष्ट पार्नु जरुरी छ। उनीहरूमाथि विभेद र भेदभाग गरियो भन्ने गुनासो छ त्यो गुनासोलाई पनि सम्बोधन गर्नुपर्छ। पछिला केही वर्षयता पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई राजनीतिक मुद्दा बनाइएकाले जनगुनासो बढ्दै गएको हो। जनगुनासोलाई सम्बोधन गर्दै इतिहासलाई सही तरिकाले सम्बोधन गर्दै लैजानु पर्छ। 

 

राष्ट्रको एकीकरण नभएर भूगोलको एकीकरण

पृथ्वी नारायण शाहले भौगोलिक एकीकरण मात्रै भएको हो। विश्वभर यस्तै हुन्छ। भारत इटाली जर्मनी ब्रिटिसलगायतका देशमा यस्तै भएको छ। यसलाई त्यही हिसाबमा बुझ्नु जरुरी छ।

र याे पनि

वंशावलीलाई आधार मानिएका कुरा सत्य नहुन पनि सक्छन् (भिडियोसहित) भाग १

इतिहासलाई जे हो त्यही अवस्थामा बुझ्नु पर्छ (भिडियोसहित) भाग २

प्रा. डा. सुरेन्द्र केसी शाह वंश