भिडियो इतिहास र अनुभूति

इतिहासलाई जे हो त्यही अवस्थामा बुझ्नु पर्छ (भिडियोसहित) भाग २

इतिहासलाई जे हो त्यही अवस्थामा बुझ्नु पर्छ (भिडियोसहित) भाग २

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ३५ वर्ष इतिहास अध्यापन गराएका प्रा.डा. सुरेन्द्र केसी यो विषयमा धेरै जान्ने कम विद्वानहरुमा पर्छन् । इतिहास अध्ययन गर्ने प्रवृत्ति पछिल्लो समय कम छ । तर हरेक नयाँ पुस्ताले देशको इतिहास थाहा पाउनु पर्छ भन्ने उनको मत छ । डा. केसीको   यसपटक  इतिहासको एक श्रृंखला नै तयार भएको छ । 

 

डा. केसी भन्छन् 'गोपाल कोथे, किराँत कोथे कसरी आए ? कसरी स्थापित भए ? किन लिच्छबी आए? इतिहासको एउटा प्रकिया मात्रै हो की कसैले चाहेर इतिहासको घटना घट्छ ? कि सामाजिक एउटा वस्तुस्थितिले त्यस्तो स्थिति निर्माण गर्छ ? कि एक वंशपछि अर्को वंश आएको छ ? ' यो विषयमा नयाँ पुस्ताले जानकारी राख्नु पर्छ ।’  इतिहास बास्तवमै ठीक छ कि छैन ? भन्ने विषयमा अनुसन्धान निरन्तर हुनुपर्छ ।

 

इतिहास अध्ययन विधि अभाव


प्राप्त भएको तथ्य, प्रमाणको आधारमा विश्लेषण गरेर इतिहास लेखिन्छ । त्यसरी लेखिने इतिहास सतप्रतिशत सत्य नहुन पनि सक्छ । यसका लागि निरन्तर अध्ययन अनुसन्धान र खोज हुन आवश्यक छ । यस्तो शोध गर्नका लागि आवश्यक विधिको अभाव रहेको डा. केसीको मत छ । 

 

उनले नेपालका राजनीतिज्ञमा पनि ऐतिहासिक चेत अभाव रहेको बताएका छन् ।  उनले नेपालका बारेमा जानकारी नै नराखी कसरी नेपालको राजनीति गर्न सक्छ भन्दै नेपालका राजनीतिज्ञमाथि कटाक्ष गरेका छन्। युगान्तकारी कदम चाल्छौं भन्नेहरुले इतिहासको युगकडी नै बुझेका छैनन् । त्यस्ता पात्रहरुले नै जनयुद्ध सञ्चालन गरे । उनले भने, ‘त्यस्ता गल्तीले गर्दा जनयुद्ध पनि बीचमै छिन्नभिन्न भयो ।’ यस्ता कुरा नेताहरुले थाहा पाउनु पर्छ । अनि मात्रै इतिहासप्रति न्याय हुन्छ । 

 

आदिवासीको लडाइँ

पछिल्लो समय नेपालमा आदिवासीको लडाइँ चलेको भन्दै आदिवासी नेतालाई मिथ्यामा  अरूलाई दोष दिनुभन्दा पहिला आफ्नो इतिहासका बारेमा जानकारी राख्नु पर्ने उनको सुझाव छ। आदिवासको लडाडँ भएको छ तर प्राचिन रामापिथेकसको हड्डी कसको हो भन्ने पत्ता लागे नेपालका आदिवासी को हुन भन्ने पत्ता लाग्ने उनी बताउँछन्। इतिहास नै नबुझी अहिलेका मानिसहरू अनुहार हेरे उसको इतिहास बताउने उनको भनाइ छ। 'यसो हेर्छन् कालोकालो देख्य भने यो मधेसी, थ्याप्चो थ्याप्चो देखेपछि यो जनजाति भनेर मानिसलाई  परिभाषित गर्ने काइदा त्यस्तो पनि हुन्छ ।'

 

इतिहास विभागमा रहेका प्रध्यापकहरूले जागिर मात्रै खाएको उनको आरोप छ । उनले जागिर खानकै लागि प्राचिन इतिहास र आधुनिक इतिहासका छुटाछुटै विभाग छुटाइएको बताए। उनले प्राचिन इतिहास नै नबुझि आधुनिक इतिहासको कुनै अर्थ नहुने बताउँदै उनले भने, 'खास इतिहास प्रचिन इतिहास हो। प्राचिन इतिहासमा के भएको थियो थाहा पाएपछि मात्रै आधुनिक इतिहास बुझिन्छ।'

 

इतिहासलाई जे हो त्यही अवस्था बुझ्नु पर्छ

गहिरिएर वस्तुस्थितिलाई बुझ्दा नेपालमा मधेसी पहाडी अथवा भारतीय नेपाल भन्ने विषय मिथ्या सावित हुने उनको तर्क छ। नेपालका कयौँ राजाले भारतका छोरीसँग विवाह गरेको त्यस्तै अंशुबर्माले भृकुटीलाई तिब्बती व्यक्तिसँग विवाह गराइदिएको, त्यस्तै रणबहादुर शाहले मिथिलाकी कान्तिमतीसँग विवाह गरेको प्रशंग जोड्दै उनले गहिरिए बुझ्दा मधेसी पहाडी भन्ने विभेद गर्नु अनुचित हुने उनको तर्क छ। उनले इतिहासलाई जे हो त्यही अवस्थामा बुझ्नु पर्ने औँल्याए।

 

मल्ल शासन

उनले नेपाल राज्यविकास, मल्ल राजाको उदयका बारेमा पनि विभिन्न तर्क प्रस्तुत गरेका छन्। उनले मल्लहरू को थिए भन्न मै इतिहास अस्पष्ट रहेको बताए। उनले जयस्थिति मल्ललाई उपत्यकामा बाहिरबाट झिकाइएको उल्लेख भएता पनि कहाँबाट कसरी ल्याइयो भन्ने विषय नखुलाइको उनको भनाइ छ ।

 

मल्ल कालमा केही अनौठा प्रवृति रहेको प्रा. डा. केसी बताउँछन्। हिन्दु धर्म मान्ने मल्लहरूले कहिले बौद्ध धर्मलाई प्राथमिकताका साथ पूजाआज गर्ने त कहिले बौद्ध धर्मलाई नै बढी मान्यता दिने प्रवृति रहेको उनको भनाइ छ। त्यसबेला नेपालमा धार्मिक सहिसुणता रहेको उनको जिकिर छ। उनले त्यो मल्लकालमा कान्तिपुर नगरीमा मुस्लिम मन्त्री समेत भएको बताए।

 

मल्ल कालमा मैथली र संस्कृतलाई भाषालाई राज भाषा मानिन्थ्यो। उनी भन्छन्, ' मल्ल कालमा यहाँ अचम्मको सहिसुणता देखिन्छ, मैथली त यहाँको राज भाषा देखिन्छ। मैथली राज भाषा र संस्कृत राज भाषा हुनु भनेको पक्कै त्यहाँ केही थियो लेनदेन ।'

त्यसै समयमा प्रताप मल्लले नेपाल भाषामा अभिलेखीकरण गरेको उनले बताए।

मल्ल शासनको पतन

उनका अनुसार मल्ल शासनको पतनका अनेक कारण छन्। उनले मल्ल शासकहरूबीचको पारिवारिक, दाजुभाइ, राजारानी, बाबु-छोराबीचको द्वन्द्वले यहाँको वातावरण विषाक्त र असुरक्षित बनाएको र प्रजाहरूका बीचमा असुरक्षाको भावना तीव्र हुनु नै मल्ल काल पतन हुनुका मुख्य कारण रहेको बताए।

 

'विभिन्न मठमन्दिरहरूमा जानुपर्ने तर गयो भने फर्केर आउँछ कि आउँदै भन्ने निश्चित नहुने। बन्द व्यवसाय विस्तार गर्नु पर्ने तर रातदिन कलहमात्रै भइरहनेकाले चौपट भयो । युद्धमा मात्रै खटिनुपर्ने स्थिति आएकाले यहाँको स्थिति बुझेका पृथ्वी नारायण शाहले संकट अवस्थामा रहेका राज्यहरूलाई नियन्त्रणमा लिए' उनले भने।

 

पहिला एउटै राज्यमा रहेको नेपालमण्डल मल्लहरूका छोराहरूका कारण विभिन्न राज्यमा विभाजित भएको उनी बताउँछन्। यक्ष मल्लको निधनपछि भाइभाइमा बेमेल र महत्वकांक्षाका कारण नेपालमण्डल तीन टुक्रामा विभक्त भएको उनको भनाइ छ।

र यो पनि, 

प्रा.डा. सुरेन्द्र केसी मल्ल काल