समाचार प्रदेश ६

जुम्लामा फेरि हिमपात, तापक्रम माइनस १.५ डिग्री

जुम्लामा फेरि हिमपात, तापक्रम माइनस १.५ डिग्री

जुम्ला । जुम्लामा फेरि हिमपात भएको छ । पटक–पटक वर्षातसँगै भएको हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । पाँचौ पटकको हिमपातसँगै न्यूनतम  तापक्रम माइनस १.५ डिग्री सेल्सियस पुगेको छ । अधिकतम तापक्रम १४ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ।  हिउँ जमेर कारण हवाइ  र स्थल यातायात अवरुद्ध हुँदा स्थानीयको आवागमनसमेत रोकिएको छ।

 

जुम्ला विमानस्थलमा बाक्लो हिउँ जमेपछि  हवाइ सेवा सञ्चालनमा आउन सकेको छैन। जुम्लादेखि  कालिकोट, सुर्खेत, नेपालगञ्ज जाने  यातायात सेवा बन्द हुदा यात्रुलाई समस्या भएको छ। 

हिमपात जुम्ला