ओटोमोबाइल

निसानको नयाँ कार ‘किक्स’ नेपाली बजारमा 

निसानको नयाँ कार ‘किक्स’ नेपाली बजारमा 

काठमाडौं  । जापानी अटो कम्पनी निसानको नयाँ उत्पादन किक्स नेपाली बजारमा आएको छ । केहि समय अघि मात्र भारतीय बजारमा सार्वजनिक भएको उक्त कार नेपाली बजारमा आइतबार सार्वजनिक भएको हो । 

 

राजधानीमा एक समारोहको आयोजना गर्दै नेपालका लागि निसान मोटर्सद्को आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लिले निसान किक्स सार्वजनिक गरेको हो । 

योसँगै कम्पनीले बजारमा किक्सको आधिकारिक विक्रिवितरण समेत शुभारंभ गरेको छ । 

 

नयाँ उत्पादन र विशेष प्रस्तुतिसहितको किक्स उत्कृष्ट सुविधासहितको आरामदायी एसयूभी कार रहेको कम्पनीले जनाएको छ । 

सार्वजनिक कार्यक्रममा बोल्दै पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ कार नेपाली उपभोक्ताहरुमाझ ल्याउन सफल भएको बताएका छन् । 

‘नेपालीहरुको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै हामीले विशेष कार निसान किक्स बजारमा ल्याएका छौं । किक्स विश्व बजारको उत्कृष्ट कारहरु मध्यको एक हो । यसका साथै किक्स नेपाली पन र माटोसुहाउदो भएकाले समेत यो सबैको रोजाईमा पर्नेमा हामी ढुक्क छौं ।’ 


उनले नयाँ गाडीले नेपालीको अभिरुचि पूरा गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

 

१.५ लिटरको पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध किक्समा पेट्रोल इन्जिनले १०६ बीएचपी पावर र १४२ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी डिजेल इन्जिनले ११० बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ ।

सो एसयूभी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । 

 

किक्सको पेट्रोल इन्जिनमा १.५ एच४केको ५ स्पिड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ के९के डीसीआईको ६ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध गराइएको छ ।

यसको माइलेज क्षमता उत्तम मानिएकोछ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।


यसका अतिरिक्त किक्समा ८ इन्चको टचस्क्रिन, एलईडी प्रोजेक्टरसहितको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस ब्रेकिङ्ग प्रणली लगायत थुप्रै युटिलिटी फिचर्सहरु समावेश गरिएका छन् ।

 

विशेष सेवा सुविधासतिको उत्कृष्ट किक्सको शुरुवाती मूल्य ४७ लाख ९९ हजार रुपैयाँ र टप लेभलको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

डिजेल इन्जिनयुक्त किक्सको मूल्य ४९ लाख ९९ हजार, ५६ लाख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ । पेट्रोल इन्जिनयुक्त किक्सको मूल्य ४७ लाख ९९ हजार र ५२ लाख ९९ हजार रहेको छ । 

 

नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी भिन्नभिन्न ७ कलरमा उपलब्ध छन्।