समाचार प्रदेश ७

बझाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु 

बझाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु 

बझाङ । बझाङको काप्तिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार साँझ ७ बजेतिर जयपृथ्वी नगरपालिका ११ को चैनपुरबाट धामीलेक जाँदै गरेको  से १ ज ८९० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । यस्तै, १६ जना घाइते भएका छन्।

 

मृत्यु हुनेमा  जयपृथ्वी नगरपालिका ११ धामीलेक घर भएका १२ वर्षीया समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका ११ का कविता जोशी, अन्धिरा जोशी, जुनादेवी जोशी, जयराज जोशी, सविता जोशी, प्रकाश जोशी र झुसी जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो। उनीहरुलाई धनगढी रिफर गरिएको प्रहरीको भनाइ छ भने अन्य घाइतेको  बझाङ अस्पतालमा उपचार भइरहेको छ।  

जीप दुर्घटना बझाङ