कला साहित्य

सूर्यपुत्रलाई प्रेमपत्र

- अन्जना पौडेल 'अनुश्रुती'

सूर्यपुत्रलाई प्रेमपत्र

तिमी रिसको आगोमा जलेको धेरै भयो

म प‌नि रिसको आगोमा जलेको धेरै भयो

तिमीसंग प्रेम गरें

बिबाह पाँच पाण्डवसंग गरें

 मेरो भाग्यमा

कुकुरले दिएको श्राप

 मेटाउनु थियो

विधीको विधान घटित हुनु थियो

समाजको बन्धन थियो !

 तिमी‌ मैले बरमाला नपहिर्याएको झोकमा थियौ

दुशासनले मेरो चिर हरण गर्दा समेत बचाएनौं

न त मेरा नामर्द पाँच पतिले बचाए

तिमीले मलाई नपाउदा

मेरो अपमान यतिसम्म गर्यौ

मलाई चरित्रहिन स्त्री भनेर

बदनाम गर्यौ !

तिमीले आफ्नो प्रेमको सम्मान गरेनौं

तिमी सच्चा प्रेमी बन्न सकेनौं !

त्यो बेला मेरा सच्चा प्रेमी

मेरा बालसखा

मेरा भाइ कृष्णले मलाई बचाए

जवकी म पवित्र छु !

 पाँच पाण्डवहरू

मसंगको प्रत्येक पटकको सहवासमा

मलाई पवित्र कुमारीलाई झैं भोग गर्छन् !

तिमीले कुरूक्षेत्रमा

मेरो सिन्दुरको विपक्षमा

 महाभारत  युद्द लड्यौ !

अन्यमा आफैं ढल्यौ !

द्रौपदी गल्ति स्वीकार्छिन्

र भन्छिन्

गल्ती दुवैले गर्यौं

सुधार्नु प‌‌नि हामीले नैं पर्छ !

अरूले त‌‌ वस्

 हामीलाई  पतन गराउन

कौरवले झैं

सर्पको फडाँ फिजाएर बसेका छन् !

हे सूर्यपुत्र

आज हामी द्वापर युगको जूनी सकेर

कलियूगमा छौं

महाभारतको युद्दबाट केहि त सिकौं !

कुकुर र बिरालो झैं

आपसमा लड्न छोडौ

अरूको तमासा हेर्ने माध्यम

आफैंलाई नबनाऔं !

मैले बुझें

म कत्ति गलत रहेछु

आफ्नो प्रेम लत्याएर

समाज बचाउन

संस्कार बचाउन

मान

प्रतिष्ठा

इज्यत

जोगाउन भागेछु

आफैंलाई दुःखको भूमरीमा पारेछु !

त्यो युगमा

समाज नमान्ने

संस्कार नमान्ने

मैं एउटी त हुने थिइन होला !

अरू पनि थिए होलान् !

मलाई कुन ग्रहले लघार्यो

कुन भुमरीले छोप्यो

थाहै पाइन

आज आँखा खुले !

हे कर्ण ,

तिमीले पनि बुझ्यौ

आफ्नो प्रेम गुमाउदा कस्तो हुन्छ !?

गुमाएको चिज पाउदा कस्तो हुन्छ!?

पुर‌ाना पाठबाट केहि त सिकौं !

अव नसोचे कैले सोच्ने ?

अब नबुझे कैले वुझ्ने ?

ऐले नगरे कैले गर्ने ?

कुन जुगसम्म हामी कुष्ठामा बाँचिरहने ?

किन हामी अरूको हाँसोको पात्र बन्ने ?

रिसले खा आफू

बुद्दिले खा अरू

रिसराग छोडौ

सहयोग गरौं

सहकार्य गरौं

 सबैको भलोको कामना गरौं !

धेरै ढिला भयो

केहि नयाँ सिर्जना गरौं !

नेपालको नाममा

आफ्नो नामको नयाँ कृति जोडौं

बुद्धको सन्देश संसारमा फैलाऔँ !

ॐ शान्ति !!!

कविता