मनोरञ्जन

आँखा झिम्क्याएर भाइरल बनेकी प्रियाको फेरि अर्को भिडियो भाइरल (भिडियोसहित)

आँखा झिम्क्याएर भाइरल बनेकी प्रियाको फेरि अर्को भिडियो भाइरल (भिडियोसहित)

एजेन्सी । सन् २०१८ भर भाइरहल रहेकी प्रिया प्रकाश वारियार एकपटक फेरि चर्चामा छिन् । उनको फिल्म ओरु अडार लभ भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रअरीमा रिलिज हुँदैछ । उक्त फिल्मको एक क्लिपलाई लिएर अहिले उनमाथि सर्चा सुरु भएको हो ।

 

उनलाई यसअघि उक्त फिल्मको एक भिडियोले रातारात हिट बनाएको थियो । उनको लोकप्रियाताको यस्तो बढ्यो कि २४ घण्टामै इन्टाग्राममा १० लाख फलोयर थपिए । यसअघि उनका फलोयर २.४९ लाख मात्रै थिए । त्यसपछि उनी इन्टरनेटमा धेरै खोजिन थालिन् । उनका भिडियो र फोटो सामाजिक सञ्जाल भाइलर हुन थाले ।

 

पछिल्लो दिन उनको र को-एक्टर सोशन अब्दुल रहूफको भिडियो फेरि भाइरल बनेकको छ । दुवैले दिएको लिपलक सिन अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । ६ फेब्रुअरी अर्थात् भ्यालेन्टाइनको सप्ताह सुरु हुनुभन्दा ठीक पहिला उक्त भिडियो युट्युबमा अपलोड गरिएको थियो । त्यतिबेलाबाट अहिलेसम्म उक्त भिडियोलाई २० लाख बढीले हेरिसकेका छन । उक्त भिडियोलाई लिएर प्रियामाथि ट्रोल पनि गरिएको छ ।

 

यसअघि भाइरल भएको भिडियो सन् २०१८ फेब्रुअरीमा रिलिज भएको थियो । त्यसबेला उक्त फिल्मको सुटिङ चलिरेहको थियो । उक्त भिडियोमा मलयाली गीत मनिक्या मलराया पूभीको भिडियो क्लिप थियो । उक्त भिडियोमा आँखाको भाषामा प्रेमी जोडीले बातचित गरेको देखाइएको थियो । उक्त गीत सान रहमानले कम्पोज गरेका थिए । स्कुल रोमान्स देखाइएको उक्त गीत धेरैले मनपारएका थिए । प्रिया र रोशनको आँखा झिम्क्याउने तरिकालाई धेरै चर्चा गरेका थिए ।

 

सन् २०१८ मा गुगलमा सबैभन्दा धेरै खोजीने शब्दमा प्रिया प्रकाश वारियाको नाम एक नम्बरमा थियो । वर्षभरी नै उनको भिडियो र फोटोहरू भाइरल भइरहे ।

प्रिया प्रकाश वारिया