विदेश

फ्रान्स र इटालीबीच तनाव बढ्यो, दोस्रो विश्वयुद्धपछि पहिलोपटक फिर्ता बोलाइयो राजदूत

फ्रान्स र इटालीबीच तनाव बढ्यो, दोस्रो विश्वयुद्धपछि पहिलोपटक फिर्ता बोलाइयो राजदूत

फान्सले इटालीबाट दोस्रो विश्वयुद्धपछि पहिलोपटक राजदूत फिर्ता बोलाएको छ । राजदूत फिर्ता बोलाएको सन् १९४० मा इटालीमा फाँसीवादी नेता बेनितो मुसोलिनीबाट युद्धको घोषणा गरेपछिको यो पहिलो घटना हो ।

 

फ्रान्स र इटाली बीचको पछिल्लो महिनादेखि जारी तिक्तता विराट रुप लिन थालेसँग राजदूत फिर्ता बोलाइको हो । फ्रान्सका विदेश मन्त्रीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको जिम्मेदार इटाली रहेको बताएका छन् । इटाली सरकारले फ्रान्समाथि लगातार लगाउँदै आएको 'आधारहीन आरोप र विचित्र दाबी'को परिणाम स्वरुप राजदूत फिर्ता बोलाउने निर्णय गरिएको उनले बताए ।

 

इटालीका लोकप्रिय नेता एवं उपप्रधानमन्त्री मैतियो साल्विनी र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीचको निजी आरोपप्रत्यारोपले पछिल्लो समय फ्रान्स र इटालीको सम्बन्ध चिसिएको हो । 'आशा छ छिट्टै नै फ्रान्सका जनताले एक भयानक राष्ट्रपतिबाट छुटकारा पाउने छन्,' साल्विनीले पछिल्लो महिना भनेका थिए ।  यही विषयलाई लिइर म्याक्रोले इटालीमा अगाडि बढिरहेको राष्ट्रवादलाई कोड गर्दै 'यदि साल्विनीले उनीहरूलाई दुश्मन जसरी हेर्छन् भने उनी ठीक छन्' भनेका थिए । त्यसपछि सामाजिक सञ्जालमा उनीहरू निजी रुपमा आरोप प्रत्यारोपमा उत्रिएका थिए ।

 

यसबीच इटालीका उपप्रधानमन्त्री लुइजी दे मयोँले हालै एक ट्विटमा फ्रान्स सरकारविरुद्ध आन्दोलन गरिरहेको 'एलो भेस्ट' आन्दोलनकारीसँग भेट गरेको आफ्ना नेताहरूको तस्बिर सार्वजनिक गरे । यसले फ्रान्सलाई थप चिढ्यो । उक्त ट्विटपछि फ्रान्सले आफ्नो आन्तरिक मामिलामा इटालीले दखल दिए राम्रो नहुने भन्दै यस्तो नगर्न चेतावनीसमेत दियो ।

 

यी दुईदेश बीच सन् २०१८ मा विवाद सुरु भएको हो । इटालीमा फाइव स्टार मुभमेन्टले शहर तताइ रहेको र दक्षिपन्थी लिग पार्टीले मिलिजुली सरकार गठन गरेका बेला यी देशबीच विवाद सुरु भएको हो । इटाली र प्रान्सबीच आवतजावतसहित केही मुद्दामा विवाद छ ।

फ्रान्स इटाली