अर्थ बैंकिङ

६ महिनामा बैंक अफ काठमाण्डूको नाफा पौने ७४ करोड

६ महिनामा बैंक अफ काठमाण्डूको नाफा पौने ७४ करोड

काठमाडौं। बैंक अफ काठमाण्डू(बीओकेएल)ले चालु आर्थिक वर्षको छ महिनामा झण्डै ७४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले पछिल्लो ६ महिनामा ३३ प्रतिशतले नाफामा सुधार गर्दै कुल ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको हो। 

 

योसँगै व्याज खर्चको तुलनामा व्याज आम्दानीमा सुधार गरेको बैंकले खुद व्याज आम्दानी ३५ प्रतिशतले बढाएको छ। जसबाट बीओकेएलले खुद व्याज आम्दानी एक अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष एक अर्ब ३० करोड रुपैयाँ थियो।

 

बैंकले ८० अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको छ।

बैंकले निक्षेप संकलन १३ प्रतिशतले बढाउँदा ऋण विस्तार १५ प्रतिशतले सुधार गरेको छ। बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ। बैंकले अझै ९३ करोड रुपैयाँ जुटाउनु पर्नेछ। जगेडा कोषमा ६ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ।

 

पूँजीकोष अनुपात ०.८४ प्रतिशत विन्दुले घटेर १४.६१ प्रतिशत रहेको छ। खराव कर्जा थप ०.२२ प्रतिशत विन्दुले बढेर २.०८ प्रतिशत पुगेको छ।

बैंकले आधार व्याजदर पनि थप ०.२२ प्रतिशतले बढाएर १०.६० प्रतिशत कायम गरेको छ। 

हाल बीओकेएलको प्रतिशेयर आम्दानी ३ रुपैयाँले सुधार गर्दै २० रुपैयाँ रहेको छ। 

बैंक अफ काठमाण्डू