खेल

डीपिएल आजदेखि, पहिलो खेलमा धनगढी र काठमाडौं भिड्ने

डीपिएल आजदेखि, पहिलो खेलमा धनगढी र काठमाडौं भिड्ने

कैलाली । कैलालीको धनगढीमा आजदेखि धनगढी प्रिमियर लिग (डीपिएल) को तेस्रो संस्करण शुरु हुँदैछ।  धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सले प्रतिस्प्रर्धा गर्ने छन्। यी दुईबिचको खेल सोमबार विहान ९ बजे सुरु हुने छ।

 

दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच हुनेछ।  फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख प्राप्त गर्नेछन्।

 

यस्तै, प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ। प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने आयोजकले जनाएको छ। 

धनगढी प्रिमियर लिग डीपिएल