मनोरञ्जन

हलिउडकी महँगी अभिनेत्री जेनिफर लरेन्सको इंगेजमेन्ट

हलिउडकी महँगी अभिनेत्री जेनिफर लरेन्सको इंगेजमेन्ट

हलिउड अभिनेत्री जेनिफर लरेन्सले करिब नौ महिना डेट गरेपछि आर्ट ग्यालरीका निर्देशक कुक मैरोनेसँग इंगेजमेन्ट गरेकी छिन् । पेन सिक्सका अनुसार ओस्कर विजेता २८ वर्षीय अभिनेत्री लरेन्सको हातमा इंगेजमेन्टको औँठी देखिएको छ । त्यो पनि ३७ वर्षीय मैरोनेको साथमा न्युयोर्कमा घुमिरहेका वेलामा ।

 

उनीहरूले न्युयोर्कको एक फ्रेन्च रेस्टुरेन्टमा डिनरका क्रममा इंगेजमेन्ट गरेका हुन् । २८ वर्षीया जेनीफर २०१५/१६ मा विश्कै उच्च पारिश्रमिक तोकिएकी अभिनेत्री हुन् । उनको एक चलचित्र दुनियाभरीबाट ५/७ विलियन अमेरिकी डलर भन्दा बढी कमाउन सफल रहेको छ ।

 

एक सूत्रले पेज सिक्स आउटलेटलाई बताएको छ, ‘लरेन्सको औँलामा हिराको ठूलो औँठी थियो । उनलाई देख्दा लागिरहेको थियो कि उनी पार्टी मनाइरहेकी छिन् ।’ खबरअनुसार लरेन्स र मैरोने चाँडै नै विवाह बन्धनमा बाँधिँदै छन् । मैरोनेभन्दा पहिले लरेन्स फिल्म निर्देशक डेरेन एरोनोफ्सकीसँग प्रेममा थिइन् । जसले लरेन्सको २०१७ को फिल्म ‘मदर’ निर्देशन गरेका थिए ।

 

कोक ग्लाडस्टोन सिक्सफोर आर्ट ग्यालरीका डाइरेक्टर हुन् । जेनिफरले एक्स मेन फस्र्टक्लास, गार्डेन पार्टी, विन्टर्स बोनजस्ता चर्चित फिल्ममा काम गरेकी छन् ।

जेनिफर लरेन्स