खेल

बीबीएलः सन्दीपको टोलीद्वारा १६९ रनको लक्ष्य प्रस्तुत

बीबीएलः सन्दीपको टोलीद्वारा १६९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्याश लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारे ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो ।

 

उसका लागि सर्बाधिक कप्तान ग्लेन म्याक्सवलले ८२, पिटर ह्यान्सकम्बले ३५, मार्कस स्टोनिसले ३४, निक म्याठसनले १३ रन प्रहार गरे । बलिङमा सिड्नीका टोम कुरनले २, सीन अब्बोट, स्टीव ओ कीफे र डिजेले समान एकएक विकेट लिए । सेमिफाइनल पुग्नका लागि सन्दीपको टोलीले आजको खेल जित्नैपर्ने हुन्छ।

बिग ब्याश लिग सन्दीप लामिछाने