खेल

बीबीएलः सन्दीपको टिमलाई ब्याटिङको मौका, आज जीत्नैपर्ने दबाब

बीबीएलः सन्दीपको टिमलाई ब्याटिङको मौका, आज जीत्नैपर्ने दबाब

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्याश लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलमर्न स्टार्सले सिड्नी सिक्सर्स विरुद्धको खेलमा टस हारेर ब्याटिङको मौका पाएको छ ।  खेल नेपाली समय अनुसार अहिले बिहान ९ः३० बजेदेखि शुरु हुनेछ । आजको खेलमा पनि सन्दीप अटाएका छन् । 

 

सेमिफाइनल पुग्नका लागि आइतबार सन्दीपको टोलीले खेल जित्नै पर्ने दबाब छ । यदि यो खेल हारेमा सेमिफाइनल पुग्ने मेलबर्नकाे सपना लगभग समाप्त हुनेछ । अहिलेसम्म मेलबर्नले १३ खेलमा सातमा हार र ६ खेलमा मात्र जीत निकाल्न सफल भएको छ । सन्दीपको टोली अंक तालिकाको छैटौं स्थानमा झरेको छ । अंक तालिकाको दोस्रो स्थानमा पुग्दै सेमिफाइनलको यात्रा तय गरिसकेको सिड्नीलाई हराउन मेलबर्नले सम्हालेर खेल्नुपर्ने हुन्छ । 

 

सिड्नीमा मोइसेस हेनरिक्स (कप्तान), सीन अब्बोट, जो डेनली, टोम कुरन, बेन ड्रासहुइस,  नाथन लायन, पिटर नेविल, स्टीव ओ कीफे जस्ता नाम चलेका खेलाडी छन् । सन्दीपको टोलीमा उनी बाहेक ग्लेन म्याक्सवेल (कप्तान), पिटर ह्यान्सकम्ब, मार्कस स्टोनिस, एडम जम्पा, डिजे ब्राबो, बेन डुक,सेव गोज जस्ता स्टार खेलाडी छन् ।

 

बिग ब्याश लिग सन्दीप लामिछाने