समाचार कर्पोरेट

राजधानीमा नेपाल भारतका युवा उद्यमीलाई जोड्ने सम्मेलन हुने

राजधानीमा नेपाल भारतका युवा उद्यमीलाई जोड्ने सम्मेलन हुने

काठमाडौं । काठमाडौं स्थित भारतीय दूतावास र ‘क्लब बि बिजनेस इन्नोभेसन’ को सहकार्यमा ‘कनेक्ट इन इन्टरनेशनल एन्टरपनर्सिप कन्क्लेव’ को दास्रो संस्करण सुरू हुने भएकोे छ । 
कार्यक्रम आगामी १९ जनावरीमा होटल याक एण्ड यतीमा आयोजना गरिने आयोजकले पत्रकार संमेलनमार्फत जानकारी गराएको छ । 

 

गत वर्ष चैत्र १० गते ‘कनेक्ट इन’ को पहिलो संस्करण समापन भएको थियो । उक्त संस्करणमा नेपाल  भारतका उद्यमी समुदायहरूबीच सहकार्य भएको थियो । नयाँ र अभिनव विचारहरूको आदानप्र्रदानको लागि ४०० स्टार्ट अप, उद्यमी, लगानीकर्ता, इच्छुक युवा, विशेषज्ञ, उच्च स्तरीय भारतीय र नेपाली सरकारी अधिकारी र मिडियाहरुको सहभागिता रहेको थियो । 

सम्मेलनको दोस्रो संस्करण पनि नेपाल र भारतका युवा व्यवसायीलाई जोड्नु र एकअर्काबीचको सहकार्य र सामिप्यता बढाउनु रहेको आयोजकले बताएको छ ।  


होटल याक एण्ड यतीस्थित बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय राजदूतावासका दोस्रो वाणिज्य सचिव कपिध्वजप्रताप सिंहले युवा उद्यामी, लगानीकर्ता, सल्लाहकारहरूहसँग सम्बन्ध वृद्धि गर्ने, विशिष्ठ उद्यमीका यात्राबाट सिक्ने र भारत तथा नेपालका उद्यमीबीच नेटवर्किङ बढाउन सकिने जानकारी दिए । 


यस सम्मेलनमा सहभागी हुनका लागि हजार भन्दा बढी उद्यमी, स्टार्टअप र विद्यार्थीहरूले रजिस्टर्ड गरिसकेका छन् । 
 

नेपाल भारतका युवा उद्यमी

विशेष