कर्पोरेट

कम्पनी रजिस्ट्रार कार्यालयमा काण्डैकाण्डै, पाँच महिनामै १० कर्मचारीविरुद्ध मुद्दा

कम्पनी रजिस्ट्रार कार्यालयमा काण्डैकाण्डै, पाँच महिनामै १० कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालय यातायात र मालपोतपछि अत्यधिक भ्रष्टाचार हुने अड्डा बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा कर्मचारीले घुस मागेको र दुःख दिएको अत्यधिक उजुरी पर्न थालेका छन् । 

 

पछिल्लो चार महिनामा मात्र कम्पनी रजिस्ट्रार कार्यालयमा कार्यरत १० कर्मचारीविरुद्ध मुद्दा दायर भइसकेको छ । आयोगका कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रहरी र अख्तियारले प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेको छ । कम्पनी नवीकरणका लागि घुस दिनेदेखि धनीलाई थाहै नदिई कम्पनी बिक्रीसम्मका गतिविधि कार्यालयमा देखिएको छ ।  पटक–पटक आफ्ना कर्मचारी विभिन्न काण्डमा पक्राउ पर्दा पनि सुधारका लागि प्रयत्न भएको छैन । अतिरिक्त कमाइकै लागि सो कार्यालयमा कर्मचारी सोर्सफोर्स लगाएर जाने गरेका छन् । 

 

एक लाख घुससहित आमाछोरी नै पक्राउ 

एक स्कुल नवीकरणका लागि एक लाख रुपैयाँ घुस लिने कम्पनी रजिस्ट्रारको कार्यालय सहायक रजिस्ट्रार (शाखा अधिकृत) गीताकुमारी पन्थी छोरीसहित पक्राउ परेकी छिन् । स्कुलको पाँच वर्षको नवीकरण गर्न धेरै शुल्क लाग्ने र घुस दिए नवीकरण शुल्क कम गराइदिने भन्दै उनले एक लाख लिएकी हुन् । स्कुल नवीकरणका लागि अनावश्यक दुःख दिएकाले पीडितले अख्तियारलाई खबर गरेर घुस दिएका थिए । घुस लिएको रकम उनले छोरीलाई राख्न दिएकीले उनको छोरीलाई समेत आयोगले पक्राउ गरेको हो । घटनामा छोरीको प्रत्यक्ष संलग्नता नभएकाले उनलाई मंगलबार तारेखमा छाडिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कम्पनी रजिस्ट्रार कार्यालय