समाचार प्रदेश १

अनैतिक क्रियाकलापमा संलग्न दश जना पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न दश जना पक्राउ

सप्तरी । सप्तरीमा अनैतिक क्रियाकलापमा संलग्न १० जना पक्राउ परेका छन् । उनीहरुलाई राजविराज नगरपालिका ७ मा रहेको राजदेवी लज र दिपसाजन लजबाट पक्राउ गरिएको हो । गोप्य सूचनाको आाधारमा ७ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिए ।

 

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार पक्राउ परेका महिलाका श्रीमानहरु वैदेशिक रोजगारीमा रहेकाले यस्ता अनैतिक कार्यमा संलग्न रहेको पाइएको छ ।

पक्राउ