व्यापार कर्पोरेट ओटोमोबाइल

आजबाट राजधानीमा टिभीएस ग्राण्ड एक्सचेन्ज मेला

२० प्रतिशतको डाउन्ड पेमेन्ट गरेर शुन्य प्रतिशतको ब्याजदरमा नयाँ मोटरसाइकल चढ्न सकिने

आजबाट राजधानीमा टिभीएस ग्राण्ड एक्सचेन्ज मेला

काठमाडौं । बुधबारदेखि राजधानीमा टीभीएस ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ ।  प्रदर्शनी मार्ग स्थित भृकुटीमण्डपमा आयोजित एक्सचेन्ज मेला यहि पौष २५ देखि पौष २९ गतेसम्म संचालन गरिने टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रा.लिले जनाएको छ । 

 

सो अबधिभर ग्राहकले जुनकुनै ब्राण्डका मोटरसाइकल टीभीएसका नयाँ मोटरसाइकलसगँ एक्सचेन्ज गर्न सक्नेछन् । पुराना जुनसुकै ब्राण्डका मोटरसाइकलको पनि न्युनतम २५ हजार रुपैयाँ मुल्याङ्कन गरिने कम्पनीले बताएको छ ।  यसका साथै ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर शुन्य प्रतिशत ब्याजदरमा नै मोटरसाइकल प्राप्त गर्न सक्ने टीभीएसले जनाएको छ । 

 

उक्त योजना अन्तर्गत ग्राहकले स्क्रयाच कार्डमार्फत ७ हजार देखि १ लाखसम्म नगद जित्ने मौका प्राप्त गर्ने छन् । त्यस्तै टीभीएस मोटरसाइकलको खरिदमा ८ हजार बराबरको गिफ्टह्याम्पर समेत प्राप्त गर्न सकिने छ । जसमा हेल्मेट, पन्जा, बाइक कभर र ब्याग रहेका छन्।

 

यो योजना टीभीएस अपाचे आरटीआर १६० ४भी, १६०, १८०, २००, २०० ४भी बाइक तथा स्कुटरतर्फ जुपिटर, जुपिटर क्लासिक, एनटर्क, वीगोलगायतमा लागु हुने कम्पनीले उल्लेख गरेको छ ।  
 


उक्त मेला अबधिभर फ्रि हेल्थ क्याम्प, स्टन्ट शो तथा स्लो राइड प्रतियोगिता जस्ता विभिन्न कार्यक्रमहरु समेत संचालन गरिने कम्पनीले जनाएको छ । 

टीभीएस