कर्पोरेट ओटोमोबाइल

टाटा इनर्जीको छोटो परिचय नै एनआरजी

टाटा इनर्जीको छोटो परिचय नै एनआरजी

काठमाडौं । टाटा मोटर्सको ह्याचब्याक कार एनआरजी नेपाली बजारमा सार्वजनिक भएको छ । मंगलबार राजधानीमा विशेष समारोहकाबीच पत्रकार सम्मेलन गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले उक्त कार सार्वजनिक गरेको हो ।

 

टाटा मोटर्सको पछिल्लो उत्पादन एनआरजी उत्पादनकै नविन र विशिषष्ट रहेको कम्पनीले बताएको छ । नेपाली बजारमा एनआरजी नै सबैभन्दा योङगेष्ट कम्प्याक्ट युटिलिटी भेहिकल(सीयुभी) रहेको कम्पनीको दाबी छ ।

 

सार्वजनिक समारोहमा बोल्दै टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड सुजन रोयले टाटाको नौलो प्रस्तुती एनआरजी नेपाली माटो सुहाउदो प्रोडक्ट रहेको बताए । उनले एनआरजी जस्तो उत्कृष्ट एसयुभी कारले नेपाली उपभोक्तहरुको मन जित्ने विश्वास व्यक्त गरेका छन् । सोही अवसरमा रोयले नयाँ गाडी एनआरजीका बारेमा आवश्यक जानकारी समेत प्रदान गरेका थिए ।

 

कार्यक्रमा संबोधन गर्दै सिप्रद्रीका कार्यकारी निर्देशक(सिईओ) राजनबाबु श्रेष्ठले एनआरजी जस्तो बेजोड डिजाइन र प्रविधि रहेको उत्कृष्ट कार नेपाली बजारमा ल्याउन सकिएको बताउँदै यसले बजारमा एउटा विशेष स्थान लिन सक्ने बताए । उनले आगामी दिनमा नेपाली बजारमा सो गाडीले राम्रो बजार लिने विश्वास समेत ब्यक्त गरेका छन् ।

 

टाटा एनआरजी १.२ रिभोट्रोन पेट्रोल इन्जिनमा उपलब्ध भएको छ । पेट्रोल भेरिएन्टमा उपलब्ध एनआरजीमा रहेको ११९९ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिनले ८५ पीएस पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल गियरबक्स छ ।

अफरोड विशेषकै रुपमा उत्पादनलाई प्रस्तुत गर्न कम्पनीले एनआरजीमा १८० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स प्रदान गरेको छ । जसले अनरोड अफरोड दुबैलाई उपयोगी बनाएको छ । त्यस्तै, कारमा अफरोड विशेषकै सस्पेन्सन समेत जडान गरिएको छ । गाडीमा इन्टेलिजेन्ट इलेक्ट्रिक पावर स्टेरिङ प्रणाली उपलब्ध छ ।

 

एनआरजीमा सुरक्षालाई मध्यनजर गर्दै डुअल एयरब्याग प्रदान गरेको छ भने, कर्नर स्टेबिलिटि कन्ट्रोलका लागि अटोमेटिक ब्रेकिङ सिस्टम (एबीएस) सहित एबीडी प्रणली उपलब्ध गराएको छ । त्यस्तै, पार्किङ सेन्सर क्यामेरा, फलो मी होम लाईट लगाएत बलियो बडी र क्याबिन रहेका छन् । 
 

यसको टेलगेट तथा दुबै साइडमा मस्कुलर क्लाइडिङ तथा अगाडि र पछाडि बम्परमा सिल्भर कलरको रग स्किड प्लेट राखिएको छ । कालोे रङको छत छ भने यसमा रुफ रेलको पनि प्रयोग गरिएको छ । कारमा १४ इन्चको फोर स्पोक ड्युअल टोन एलोई ह्विल प्रयोग गरिएको छ ।

 

यसको क्याविनमा पूरै ब्ल्याक कलरको प्रयोग गरिएको छ र कतै मात्र अरेन्ज कलरको लाइनिङ छ । यसमा ५ इन्चको थ्रीडी नेभिगेसनसहितको टच–स्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । टाटाले आफ्नो कारमा प्रयोग गर्दै आएको हर्मनको सो इन्फोटेनमेन्ट सिस्टममा आठवटा स्पिकर छन् । पछिल्लो भागमा स्टोरेजका लागि २४२ लिटरको बुट स्पेस उपलब्ध छ ।

 

बजारमा विभिन्न तीन कलर उपलब्ध टाटा एनआरजीको प्रारम्भिक मूल्य २९ लाख ५५ हजार कायम गरिएको छ । 
टाटा इनर्जीको छोटो परिचय नै एनआरजी हो । 

टाटा एनआरजी