खेल

इंग्लिस फुटबल प्रतियोगताः टोटनह्यामसँग चेल्सी पराजित

इंग्लिस फुटबल प्रतियोगताः टोटनह्यामसँग चेल्सी पराजित

एजेन्सी । जारी इंग्लिस फुटबल प्रतियोगतामा टोटनह्यामले चिरप्रतिद्धन्द्धी चेल्सीलाई पराजित गरेको छ । उसले चेल्सीलाई एक शून्यले पराजित गरेको हो । ६ औं मिनेटमा चेल्सीका किपाले हेरी केनलाई फल गरेपछि पाएको पेनाल्टीलाई उनले नै गोलमा परिणत गर्दै टोटनह्यामलाई अग्रता दिलाए । 

 

टोटनह्यामका लागि केनले अहिलेसम्म प्रहार गरेका २५ पेनाल्टीमा २१ मा गोल गर्न सफल भएका छन् ।  अब दोस्रो लेग चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा जनवरी २४ तारिखमा हुनेछ । एक शून्यको झिनो हार ब्यहोरेको चेल्सीका प्रशिक्षक माउरिजियो सारीले दोस्रो लेगमा खेलमा फर्कने प्रयाप्त अवसर रहेको बताएका छन् ।  

टोटनह्याम चेल्सी इंग्लिस फुटबल प्रतियोगता