खेल

बंगलादेश प्रिमियर लिगः आज सन्दीपको टोलीको दोस्रो खेल

बंगलादेश प्रिमियर लिगः आज सन्दीपको टोलीको दोस्रो खेल

काठमाडौं । बंगलादेशमा भइरहेको बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली सिल्हेट सिक्सर्सले आज दोस्रो खेल खेल्दै छ । सिक्सर्सले आज चिट्टागोंग भिकिङ्ग्ससँग  ढाकाको शेरे बांग्ला रंगशालामा खेलिरहेको हो । खेल दिउँसो १२ः१५ बजे शुरु हुनेछ ।

 

प्रतियोगितामा पहिलो खेलसमेत सिक्सर्सले सोही मैदानमा खेलेको थियो । आइतबार भएको उक्त खेलमा कोमिल्ला भिक्टोरियन्ससँग हार बेहोरेको सन्दीपको टोलीले पहिलो जित निकाल्न आज मैदान उत्रने छ । पहिलो खेलमा शानदार प्रदर्शन गरेका सन्दीपले आजको खेलमा स्थान पाउने सम्भावना प्रवल छ ।

 

आइतबारको खेलमा अनुभवी स्पिनर इमरान ताहिरलाई बेन्चमा राखेर सन्दीपलाई खेलाइएको थियो । पहिलो खेलमा सन्दीपले १६ रन खर्चदैं २ विकेट लिएका थिए । सिक्सर्सलेले भिड्ने चिट्टागोंगमा मुश्फिकुर रहिम ९कप्तान०, मोहम्मद शेहजाद, सिकन्दर राजा, केम्रुन डेलपोर्ट जस्ता नाम चलेका खेलाडी छन्।

 

सन्दीपको टोलीमा  
डेभिड वार्नर (कप्तान) सन्दीप लामिछाने, मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज, नासिर होसेन, सब्बिर रहमान, सोहेल तनबिर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन ।

बंगलादेश प्रिमियर लिग सन्दीप लामिछाने