मनोरञ्जन

कपडामा भएको खर्च देखेर साम्राज्ञीकी आमा तीनछक्क !

कपडामा भएको खर्च देखेर साम्राज्ञीकी आमा तीनछक्क !

काठमाडौं । साम्राज्ञी आर एल राणा अहिलेकी चल्तीकी नायिका हुन् । नेपाली फिल्म क्षेत्रमा होस् या कुनै ब्राण्डको प्रोमोसन उनको ‘डिमाण्ड’ बढ्दो छ । उनलाई अहिलेका युवा पुस्ताले पनि ‘फेसन आइकन’ मान्ने गर्छन् । चलनचल्तीअनुसार पहिरन लगाउने साम्राज्ञी सपिङ गर्दा तिरेको पैसाबारे भने हेक्का नराख्ने बताउँछिन् । 

 

केही दिन अघि डिजाइनर युबी थापाको पिपुल्स प्लाजास्थित स्टोरको ओपनिङमा पुगेकी साम्राज्ञीले एक अन्तर्वातामा आफू एकदमै कम सपिङ जाने गरेको र पैसा कति तिरे भनेर हेक्का नराख्ने गरेको बताइन् । उनले भनिन्, ‘म धेरै सपिङ जाँदिन । गएपछि एकैपटक धेरै सामान किन्छु । त्यही अनुसार डिस्काउन्ट पनि पाउँछु । क्रेडिट कार्डबाट पैसा तिर्दा बिल हेरेर बस्दिन । बरु त्यो विवरण सबै मामुको फोनमा जान्छ र मामु तर्सिनुहुुन्छ ।’ 

 

प्रायः विदेशमै सपिङ गर्न रूचाउने साम्राज्ञीलाई नेपाली नायिकामध्येमा नम्रता श्रेष्ठको ‘ड्रेसिङ सेन्स’ मनपर्छ भने अन्तराष्ट्रिय स्टारमा उनलाई एन्जिलना जोली, जिजि ह्याडिडको ‘ड्रेसिङ’ मनपर्छ ।  
 

साम्राज्ञी आर एल राणा