मनोरञ्जन सामाजिक सञ्जाल ओटोमोबाइल

साइकल कारसँग ठोक्दिा कारको यस्तो कन्तविजोग

साइकल कारसँग ठोक्दिा कारको यस्तो कन्तविजोग

काठमाडौं । सामान्यतया साना सवारी साधन ठूला सवारीसँग ठोक्दिा त्यसको ठूलो क्षती साना सवारी साधनले नै व्यहोर्नु पर्छ । यस्ता दुर्घटनामा साना सवारी साधनका चालकको मृत्यु हुनेदेखि साधन कच्याक कुचुक हुनेसम्मको उच्च जोखिम हुन्छ । तर यसको ठिक विपरित चीनमा एउटा अनौठो घटना घटेको छ ।

 

चीनको सेन्जेन सहरमा एक साइकल र कार आपसमा ठोक्किँदा साइकलमा कुनै क्षति पुगेन तर कारको अगाडिको बनोट पूर्णरुपमा क्षतिग्रस्त बन्यो । त्यो तस्वीर सोसल मिडियामा अहिले भाइरल बनेको छ । कारलाई कुच्याइदिने सो साइकलको धेरैले प्रसंसा गरिरहेका छन् ।

 

यस्तो बलियो साइकलको बारमो जान्नका लागि मानिसहरु उत्सुक जनाइरहेका छन् भने, अर्को तर्फ घटनाको भिडियो बाहिर आएसँगै मानिसहरुले कार कम्पनीको मजाक उडान सुरु गरेका छन् ।

कतिपयले उक्त फोटो तथा भिडियो नक्कली भएको बताएपनि पुलिसले त्यो वास्तविक घटना भएको पुष्टि गरकेो छ ।

 

चिनको एक लोकप्रिय अखबार पिपुल्स डेली चाइनाले समेत यो तस्वीर सहितको समाचार छापेको छ । 
दुर्घटनामा साइकलमा कुनै क्षति नभएपनि चालक सामान्य घाइते भएको तर कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएको समाचारमा उल्लख गरिएको छ ।