विचार

‘होली वाइन’ पिउनेहरुले पृथ्वीजयन्ती नमनाएकै ठिक 

अनिल बस्नेत ‘बाबा’

‘होली वाइन’ पिउनेहरुले पृथ्वीजयन्ती नमनाएकै ठिक 

यो राष्ट्र बनाउने र जोगाउने अभियानका महानायक पृथ्वीनारायण शाहको जन्मदिन (पुस २७) नेपालीहरुका लागि एक उत्सवको दिन हो । पृथ्वीजयन्तीलाई एकता दिवसको रुपमा मनाउने गरिन्थ्यो । पृथ्वीनारायण शाहले नेपालको भूगोलमात्रै होइन, जातजाती र भाषाभाषीबीच पनि भावनात्मक एकता गरेका थिए । गोर्खाबाट शुुरु भएको नेपालको एकीकरण सफलभएपछि उनले राजधानी गोर्खा नै बनाउन सक्थे । तर उनले काठमाडौंलाई राजधानी बनाए ।

 

 मल्ल राजाहरुले मानिआएको रितिरिवाज, स्थानीय संस्कार र संस्कृति आफूले त माने नै, तिनलाई राजकीय मान्यता पनि प्रदान गरे । गोर्खाका राजाले काठमाडौं जितेपछि कुमारीको दर्शन गर्ने परम्परा हटाउन सक्थे । मच्छिन्द्रनाथको भोटो हेर्दिनँ भन्न सक्थे । तर उनले स्थानीय धर्म, परम्परा र संस्कृतिलाई कहिले उपेक्षा गरेनन् । उनले त हरेक जातिका संस्कार र परम्परा जीवीत राख्न ती सांस्कृतिक धरोहरहरुलाई राष्ट्रिय बनाए । जसका कारण पृथ्वीजयन्ती खासअर्थमा एकता दिवस बन्न पुग्यो । 

 

नेपाल एकीकरणका बखत काठमाडौं र यसका वरपर नेवारहरुको बसोबास थियो । पूर्वमा किराँतहरुको वर्चश्व थियो । पश्चिममा गुरुङ, हिमाली भेगमा थकाली र शेर्पाहरुको बसोबास थियो । फरक फरक जातजातीका फरक फरक धर्मसंस्कृति देखेर उनले नेपाल चार वर्ण, छत्तीस जातको साझा फूूलबारीका रुपमा अथ्र्याए । जातका नाममा, धर्मका नाममा, क्षेत्र र समुदायबीच फाटो ल्याउने काम गरेनन् । उनले राष्ट्र र जनतालाइ एकताको सूूत्रमा बाँध्ने काम गरे । 

 

बिक्रम सम्वत् १७२३ सालमा जन्मेका पृथ्वीनारायण शाहलाई आज हामी ३५२ वर्षपछि पनि स्मरण गरिरहेका छौं । उनको नाममा सम्मानपूर्वक लिइरहेका छौं । यस्तो सम्मान देश जोड्नेहरुलाई मात्रै प्राप्त हुन्छ । 

 

पृथ्वीनारायण शाहलाई स्मरण गर्दा, उनको योगदानको सम्मान गर्दा कथित क्रान्तिकारी र गणतन्त्रवादी नरहिने दुराशयपूर्ण मान्यताले यसबीच मानिसहरुमा भ्रम छ¥यो । नेपालका राजनीतिक दलहरु मध्ये पनि एकाध आपराधिक दलका कारण यो मुलुकको सांस्कृतिक धरोहरहरु नामेट पारियो । कुनै पनि राष्ट्र समाप्त पार्नुुपर्ने छ भने सबैभन्दा पहिले त्यो देशको सांस्कृति पक्ष समाप्त पार्नु पर्छ त्यसपछि भौगोलिक रुपमा पनि त्यो राष्ट्र समाप्त हुन्छ भन्ने गरिन्छ । नेपालको सांस्कृतिक धरोहर मध्येको सबैभन्दा महत्वपूर्ण त राजसंस्था नै हो । 

 

यो राजसंस्था समाप्त पारेपछि अब पालो देश विखण्डन गर्ने योजना नै आजका केही आपराधिक दलहरुको हो । त्यसका केही संकेतहरुले हामीले देखिरहेका छौं । 

 

पृथ्वीनारायण सम्झनु भनेको धर्मनिरपेक्षताको विरोध गर्नु र गणतन्त्रको विरोध गर्नु हो भन्ने पाखण्डीहरु नेपालमा धेरै छन् । हाम्रो त हिन्दुत्व र राजसंस्था अविचलित एजेण्डा नै हो । यि एजेन्डा हुनु र नहुनुसँग मात्रै पृथ्वीनारायण महत्वपूर्ण छैनन् । उनी त नेपाल एकीकरणका महानायक हुुन् । धर्म र राजसंस्था त त्यसपछिका विषय हुन् । तर नेपालको राजसंस्थाप्रतिको सम्मानमा बडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदान स्वभावतः जोडिन्छ । पृथ्वीजयन्ती सबैको साझा उत्सव हो । यो उत्सव त नेपाल र नेपाली रहेसम्म मुलुककै सबैभन्दा ठूलो उत्सवका रुपमा स्थापित हुनु पर्ने तर आजका शासकहरुले देश नै बेच्न खोजिरहेका छन्, पृथ्वीजयन्तीको के कुरा । 

 

होली वाइनको चस्का परेकाहरुले पृथ्वीजयन्तीको महत्व बुझ्दैनन् । क्रिसमसलाई राष्ट्रिय पर्व बनाउनेहरुललाई एकता दिवस ‘कालोदिन’ लाग्छ । घरघरमा बाइबल, बस्तीबस्तीमा चर्च स्थापना गराउने र धर्म किनबेच गराउने, बाप्तिस्म लिनेहरुका लागि पृथ्वीनारायण राक्षस र धर्मप्रचारक देवता जस्तो लाग्न सक्छ । विदेशीको जुठोपुरोमा रमाउने, नेपालीको भन्दा विदेशीको पीडामा रुने, विदेशी हाँस्दा रमाउने पाखण्डीहरुलाई यो देश नै किन अहिलेसम्म अस्तित्वमा छ भन्ने प्रश्नले पीडा दिन्छ । 

 

 

फगत दिनभर घुम्ने, दलदल चहार्ने, विदेशी दूतावास र विदेशी मुद्राको पछि दौडिनेहरु देशको सीमा मिचिदा बोल्दैनन् । नेपाली चेली विदेशमा बलात्कृत हुँदा बोल्दैनन् । नेपाली युवा बाकसमा नेपाल फर्किदा उनीहरुको मन पिरोलिदैन । एक नेपाली भएर विश्वमा निस्किदा नेपालीको इज्जत कति छ भन्ने थाहा हुन्छ । हामी नेपाली जाती वीर गोर्खालीका नामले चिनिन्छौं । हामी लिने होइन दानमा दिने जाती थियौं । हाम्रा हात कहिले तल परेनन् । त्यो गौरवीलो इतिहास निर्माण गर्ने पुर्खाहरुको रगतले जोडिएको देश हो । तर आज तिनै पुर्खालाई गाली गरेर कथित गणतन्त्रवादी हुनुमा गौरव महशुस गर्नेहरु पनि छन् यहि देशमा । 

 

 

पृथ्वीनारायण शाह त राष्ट्रपिता हुन् । राष्ट्रनिर्माता हुन् । उनी थिए र त आज हामी नेपाली हुन पाएका छौं । हाम्रो स्वाभिमानमा कसैले वक्रदृष्टि लगाइसक्दा ति लगाउने आँखा उसको शरिरबाट अलग भइसक्थ्यो । तोप र बन्दुकका अगाडि तरबार नचाउँदो वैरी लखट्ने हाम्रा पृथ्वीनारायण शाह केही भरौटेहरुका लागि महत्वका रहेनन् । 

 

 

भारतलाई अगं्रेजहरुले चार सय वर्ष गुलाम बनाए । अंग्रेजहरुले भारतीय र कुकुरलाई एउटै श्रेणीमा राखेर व्यवहार गर्थे भन्ने त भारतीय सिनेमा हेर्दा पनि थाहा हुन्छ । तर हाम्रा पुर्खाले हामी नेपालीलाई कसैको नोकर बन्न दिएनन् । बरु आफै गर्धन छिनाए, झुकाएनन् । ती वीरहरुको रगतले आज सरापिरहेको छ । त्यस्ता वीर पुर्खाले जोडेर छाडेको यो देश आज विदेशीका नोकरहरुको हातमा परेको छ । न आज हामीसँग हाम्रा राजा छन्, न हामी विदेशीका गुलामभन्दा मास्तिरका भएका छौं । 

 

 

देश हाम्रा पुर्खाले जोडिदिए, अहिले शासन गर्नेहरु विदेशीका गुलामहरु छन् । विदेशीको इशारामा यहाँ शासन गर्छन् । त्यो शासनलाई ‘गणतन्त्र र लोकतन्त्र’ नाम दिएर ब्वाँसाहरुले देश लुटिरहेका छन् । जनता झुक्याइरहेका छन् । 

 

 

देशद्रोहीहरुले १२ बुँदे भन्ने एक आपराधिक सहमति विदेशी भूमिमा गरे । आफ्नो देश सिध्याउन अर्को देशमा बसेर योजना बनाउनेहरु अपराधी नै हुन्छन् । देश र जनतको हितमा काम गर्नेहरुले विदेश जानै पर्दैन । जसलाई जनताको डर हुन्छ, जसलाई यो देशको डर लाग्छ तिनीहरु जाने भनेकै विदेश हो । त्यो आपराधिक  सहमतिपछि आतंकवादीहरु पो गान्धीवादी भए । आफ्ना देशका जनता मार्नुभन्दा सर्वश्व सुम्पेर हिँड्ने राजा त संसारकै क्रिमिनल जस्तो बनाइयो । आजको दिनमा कोही छ, जसले यो भन्न सकोस् कि राजा ज्ञानेन्द्र जनता मार्ने राजा हुन भनेर ? तर १७ हजार निर्दोश जनता बलिवेदीमा होम्ने नरपिचासहरु नेपालीका नेता हुने, अनि जनता मार्नु भन्दा श्रीपेच नै छाड्छु भन्ने राजा खलनायक हुने ? 

 

हामी नेपाली जातैले सोझा छौं । यहि सोझोपनको धेरै दुरुपयोग गरे नेताहरुले । यसकारण आउनुहोस्, हामी गाइको आवरणमा लुकेका ब्वाँसोहरुलाई चिनौं । जनतालाई प्रेम गर्ने र हत्या गर्ने हत्याराहरुबीचको भेद छुट्याऔं । यहि पटकको पृथ्वीजयन्तीदेखि हामी प्रण गरौं कि ‘हामी नेपाली हौं, हामी वीर पुर्खाको सम्मान गर्न जान्दछौं । हामी हाम्रो सांस्कृतिक धरोहर पुनस्र्थापित गर्न सक्षम छौं ।’ 

 

 पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस २०७५ को हार्दिक मंगलमय शुभकामना । 
(लेखक शिव सेना नेपालका अध्यक्ष हुन् । )