शेयर कर्पोरेट

आजको शेयर बजारमा सामान्य गिरावट, शुन्य दशमलव चार अंकले घट्यो

आजको शेयर बजारमा सामान्य गिरावट, शुन्य दशमलव चार अंकले घट्यो

काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागेको शेयर बजार आज पनि सामान्य अंकले तल झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको हो । 

 

‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको छ।

 

स्टककाअनुसार आज कूल १६० कम्पनीको ११ लाख नौ हजार २० कित्ता शेयर ३४ करोड २७ लाख ८६ हजार ५९६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल दश उपसमूह मध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ। यस्तै छ उपसमूहको शेयर कारोवार भने घटेको छ।

 

स्टककाअनुसार विकास बैंक एक दशमलव ६१, उत्पादन पाँच दशमलव शून्य सात, अन्य एक दशमलव शून्य दुई, लघुवित्त पाँच दशमलव ४२ विन्दुले बढेका छन्। 
यस्तै बैंकिङ शून्य दशमलव शून्य नौ, होटल ११ दशमलव ९६, जलविद्युत् दुई दशमलव एक, वित्त शून्य दशमलव ८३, निर्जीवन बीमा ३८ दशमलव १३ र जीवन बीमा ११ दशमलव ९२ विन्दुले घटेको छन् ।

 

घटेको बजारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ लिमिटेड, आँखु खोला जलविद्युत् कम्पनी, ङादी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले आज कमाएका छन् । 


आज बढी गुमाउनेमा एनएमबी माझोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्यारेन्सका शेयरधनीहरु रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज