कभर स्टोरी भिडियो मनोरञ्जन

क्यान्सर पीडित मेरीबास्सैकी ‘अप्सरा भन्छिन्, ‘सबैभन्दा राम्री नै निरुता’ (भिडियोसहित)

क्यान्सर पीडित मेरीबास्सैकी ‘अप्सरा भन्छिन्, ‘सबैभन्दा राम्री नै निरुता’ (भिडियोसहित)

काठमाडौं । लक्ष्मी श्रेष्ठ एकदिन बालुवाखानीस्थित घरमै थिइन् । अफिसबाट घर फर्किएर आराम गर्नमात्रै बसेकी थिइन्, फोनको घन्टी बज्यो । उठाउँदा कलाकार धुर्मुस (सिताराम कट्टेल) को फोन रहेछ । ‘नमस्कार दिदी म धुर्मुस् । एउटा सिन थियो तपाईंले गरिदिनुपर्‍यो । मिडियाले चाह्यो भने लम्बिन पनि सक्छ ।’ उताबाट फोनमा धुर्मुसले भने । दायाँ बायाँ धेरै नसोची उत्तरमा उनले भनिन्, ‘हुन्छ बाबु, कता आउनुपर्ने हो ?’ धेरै पछि धुर्मुसले बल्ल बल्ल उनको नम्बर पत्ता लगाएका रहेछन् ।

 

सुटिङको लागि ककनी बोलाएपछि उनी बुढीमान्छेलाई एक्लै जान सकस भयो । धुर्मुसले ल्याउने पु¥याउने मान्छे खटाए । उनी निरन्तर गइरहिन् । एक सिनको लागि भनेर बोलाइएको थियो उनलाई । तर दर्शकले मन पराइदिएपछि उनको दृश्य लम्बियो । लक्ष्मी अर्थात ‘अफ्सरा आमा’ भनेर उनको ‘हाइ हाइ’ शुुरु भयो । 

 

बाटोमा केटाकेटीले देख्दा झ्याम्मै भुम्मिन आउँथे । ‘फोटो खिचौं न आमा’ भनेर युवा बृद्धा र केटाकेटी उनको नजिक पर्थे । एकतमासले उनलाई सबै देख्दा अचम्म लाग्थ्यो । नसोचेको चर्चा र ख्याती कमाएँ भन्ने भान हुन्थ्यो । आज पनि उनलाई धेरैले उनको वास्तविक नाम लक्ष्मी नभएर ‘अप्सरा आमा’ भनेर चिन्छन् । उनलाई कसैले यही नामले पुकार्दा नै बढी खुशी मिल्छ । 

 

सानो हुँदा खुब रेडियो सुन्ने बानी । एकदिन रेडियो नेपालमा गएर गीत गाउँछु भन्ने सपना बुन्न थालिन् । १२ वर्षको उमेरमा काठमाडौं आएकी उनले संगीतमा संघर्ष गर्न सकिनन् । एक दुइपटक आफ्नो गीत लिएर रेडियो नेपाल र स्टुडियो पनि नधाएकी होइनन् । गाउँघरमा आमाहरूले गाउने घाँसे गीत लिएर स्टुडियोतिर पुगेकी उनलाई त्यतिबेला कसैले पत्याएनन् । 

 


‘तेरो घाँसे गीत कसले सुन्छ ? अलि पैसा खर्च गर अर्कै गीतको भिजुअल गर्नुपर्छ’ भनेर भन्थे । तर उनीसँग पैसा थिएन । परिस्थितिबस संगीतमा लाग्ने सपनालाई उनले पूर्णविराम लगाउनुप¥यो । तर दोहोरी साँझमा भने उनी गीत गाउँथिन् । दोहोरी गाएर सुनाउँदा उनले लजाउँदै भनिन्, ‘अहिले त बुढी भइयो । टुक्का जोड्न पनि सकिदैंन । बिर्सिहाल्छु । पहिला कम्ति खेल्थिन म दोहोरी ।’

 

पछि उनले परराष्ट्र मन्त्रालयको अतिथि विभागमा जागिर खाइन् । जागिर खाँदा उनको तलब  ४०० रुपैयाँ थियो । उनले अवकाश पाएको धेरै समय भएको छैन । तर संगीतबाट कमाउन नसकेको ख्याती कलाकारिताले दिएको छ ।

 

उमेरले उनी अहिले ६८ वर्ष पुगिन् । कलाकारितामा आउनु भगवानको लिला मान्छिन् उनी । अरूसँग यस्ती थांग्ने बुढी पनि अप्सरा हुन्छु र ? भनेर उनी ठ्टटा गर्छिन् । वरपरका मान्छे गललल्ल हाँस्छन् । १२ वर्षदेखि काठमाडौंमा बसेकी उनी त्यही उमेरमा विवाह भयो । अभिनयले गर्दा अहिले धेरै देश घुमिसकिन् । घुमेकामध्ये हङ्कङ् उनको पहिलो रोजाइमा छ । अनुभव सुनाउँदै उनले भनिन्, ‘त्यता धुवाँ धुलो छैन । भाषा नबुुझिएका कारण लाटो भइन्छ तर स्वर्गै हो ।’

 

 

विदेश गएर नेपाल आएपछि तिक्तता लाग्छ उनलाई । भन्छिन्, ‘राज्यले जनतालाई हेर्दैन । मौका पर्‍यो भने अहिलेको राज्यले बेच्छन् हामीलाई ।’ 

 

अहिले पनि विदेश जाने अवसर आउँछन् । उनलाई जान मन लाग्दैन । तर छोराछोरीले जान उक्साउछन् । 

 

जिन्दगी आफ्नो गतिमा गइरहेको समयमा उनलाई क्यान्सर भयो । थाहा पाउँदा त सुरुमै उनलाई छोरा छोरीको चिन्ताले सतायो । दुइ छोरा एक छोरीको बिल्लीबाठ हुनेभयो भनेर डराइन् उनी । कति समय त रोएरै बिताइन् । अहिले उनी लगभग ठिक भइसकिन् । बाँचौंला र ?  भन्ने आशा भरोसा नै मरिसकेको थियो उनमा । अहिले आफ्नो अवस्था हेर्दा बहादुर रहेछु जस्तो लाग्छ उनलाई । 

 

नेपाली कलाकारप्रति उनको ठूलो सम्मान छ । गायकमा सुगम पोख्रेल मनपर्छन् उनलाई । उनीवाहेक धेरै गायक मनपर्ने भएपनि नाम सम्झिन गाह्रो भएको उनले बताइन् । कलाकामा धुर्मुस, मुन्द्रे र ,महको कमेडी रुचाउँछिन् उनी । प्रायः कलाकार सबै मनपर्छ । तर यदि कुनै हिरोइनको रूप मनपथ्र्यो भने ती थिइन् निरूता सिंह । निरूताको मुस्कान र आँखामा मोहनी छ जस्तो लाग्छ उनलाई ।

लक्ष्मी श्रेष्ठ