बैंकिङ

प्राइमको ७० औं शाखा पाँचथरको तुम्वेवामा 

प्राइमको ७० औं शाखा पाँचथरको तुम्वेवामा 

काठमाडौं ।  प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको तुम्वेवा गाँउपालिकामा नयाँ शाखा स्थापना गरेको छ । यस शाखाको संचालनसँगै बैंकका शाखाहरुको संख्या ७० पुगेको छ । 

सोमबार एक समारोहका बीच तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालयको उद्घाटन गरे । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।