खेल

बीपीएलमा समेत चम्किए सन्दीप, डेब्यु खेलमै २ विकेट

बीपीएलमा समेत चम्किए सन्दीप, डेब्यु खेलमै २ विकेट

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा समेत नेपाली क्रिकेटर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरेका छन् । सिलेट सिक्सरबाट प्रतियोगितामा सहभागी भएका उनले आफ्नो डेब्यु खेलमै २ विकेट लिएका छन्। कोमिला भिक्टोरियन्स विरुद्धको पहिलो खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चदैं २ विकेट लिएका हुन्। 

 

उनले सोयव मलिकलाई १३ रनमा क्याच आउट गराएका थिए भने अनामुल हकलाई ५ रनमा बोल्ड आउट गरेका थिए। सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टोली सिलेट भने ४ विकेटले पराजित भएको छ । ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेपछि सन्दीपको टोलीले पहिलो हार व्यहोरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको उनको टोली सिलेटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन जोडेको थियो। 

 

सिलेटका  निकोलस पुरनले सर्वाधिक ४१ रन बनाए। १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको कोमिलाले उक्त लक्ष्य खेल सकिन एक बल अघि ६ विकेटको क्षतीमा भेट्टायो। सन्दीपले यस अघि विग ब्यास लिगमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी बीपीएल खेल्न अष्ट्रेलियाबाटै बंगलादेश गएका हुन्। सन्दीपको टोली सिलेट डेभिड वार्नरको कप्तानीमा रहेको छ।

सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग