अर्थ बैंकिङ कर्पोरेट

रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमईका सिईओ पोखरेल

रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमईका सिईओ पोखरेल

काठमाडौं। नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमई रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुमन पोखरेल निर्वाचित भएका छन्। 
एशोसिएसनको १३औं साधारणसभाले पोखरेललाई अध्यक्षमा निर्वाचित गरेको हो । 

 


उनीसँगै एशोसिएसनको उपाध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल, कोषाध्यक्षमा सूर्य रेमिटका संजय सिग्देल र सचिवमा आइपे रेमिटका इन्द्र शर्मा निर्वाचित भएका छन्।

 

एशोसिएसनका अन्य सदस्यमा हिमाल रेमिटका युमा श्रेष्ठ, युनाइटेड रेमिटका प्रविन अधिकारी र इजी लिंकका दीपेन्द्र खनाल निर्वाचित भएका छन् । 


अध्यक्ष निर्वाचित भएपछि पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानका लागि आफु निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।


 

नेपाल रेमिटर्स एसोसिएसन