खेल

बिपिएलमा सन्दीपको टिम सिल्हेट सिक्सर्सको खेल आज

बिपिएलमा सन्दीपको टिम सिल्हेट सिक्सर्सको खेल आज

बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेर बंगलादेश पुगेका सन्दीप लामिछानेले आजबाट बंगलादेश प्रिमियर लिग खेल्दैछन् । बिग ब्यासको चार खेलेर बंगलादेश उडेका लेग स्पिनर सन्दीपले पहिलोपटक बिपिएल खेल्न लागेका हुन् । सन्दीपको टिम सिल्हेट सिक्सर्सले आइतबार कोमिला भिक्टोरियन्ससँग खेल्नेछ । ढाकामा हुने यो खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

 

बिग ब्यासमा चार खेलमा आठ विकेट लिएका सन्दीपले आफ्नो फर्मलाई बंगलादेशको भूमिमा पनि कायम राख्ने विश्वास सबैको रहेको छ । वकार युनिसको प्रशिक्षणमा रहेको सिल्हेट सिक्सर्स डेभिड वार्नरको कप्तानीमा सन्दीप र वार्नरबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनबिर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन छन् ।

बिपिएल