मनोरञ्जन

मन टुटेका रविलाई कलाकार र समाजसेवीको साथ, भन्छन् : बहादुर र बलियो रहनुस्

मन टुटेका रविलाई कलाकार र समाजसेवीको साथ, भन्छन् : बहादुर र बलियो रहनुस्

काठमाडौं । टेलिभिजन प्रस्तोता तथा पत्रकार रवि लामिछानेलाई यतिबेला साथ सामर्थन गर्नेहरूको ओइरो लागेको छ । नेपाली जनातामाझ रविको फ्यान फलोइङ धेरै छ भन्ने कुराको त कुनै शंकै छैन । यतिबेला कलाकारहरूले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत रविको समर्थन जनाएका छन् । 
 

उनले शुक्रबार बिहान श्रीमान् म जिउँदै छु भन्ने भावुक फेसबुक स्ट्याटस लेखेपछि उनीमाथि साहनुभूतिको वोइरो लागेको छ। उनले आफ्नो वैवाहिक सम्बन्धलाई बिट मारेको जनाउँ दिँदै आफू पछाडि आफूलाई बदनाम पार्ने कार्य हुन थालेको भन्दै उनले चतुर्याइँपूर्वक स्ट्याटसमार्फत् दर्शकसामु पेस गरेका थिए। त्यसलगत्तै उनको विषयले बजार तातेको थियो। 
 

त्यस्तै धेरै कलाकारहरूले उनीमाथि साहनुभूति प्रकट गर्दै स्ट्याटस लेखेका छन्। कार्यक्रम प्रस्तोता तथा भिजे सुशील नेपाल लेख्छन्, ‘आरणीय दाजु, चाहे जतिसुकै हल्ला फैलियोस् हामीलाई सत्य थाहा छ । तपाईले आफ्नो परिवार र छोरीहरूको लागि धेरै गरिसक्नुभयो र गर्दै पनि हुनुहुन्छ । यसअघि पनि तपाईंको खुट्टा तान्न लागि परेकाहरू धेरै देखियो । बहादुर र बलियो रहनुस्, तपाईलाई चिन्नेहरूलाई वास्तविकता थाहा छ । हामी तपाईंको साथमा छौं ।’ 

हाँस्य कलाकार दीपक राज गिरीले पनि रविलाई आफ्नो साथ रहेको बताएका छन् । उनले आफ्नो पछिल्लो फेसबुक स्ट्याट्समा रवि लामिछानेलाई इंकित गर्दै लेखेका छन्, ‘भगवान् बुद्धले पनि घरकी श्रीमती छोडे, बच्चा पनि छोडे, अब त्यसमा अल्मलिएर बस्ने कि बुद्धले दिएको ज्ञान र उनले समाजलाई लिएको योगदानको कदर गर्ने?’

रविप्रति कलाकारको मात्रै होइन समाजसेवीको पनि साथ रहेको छ । समाजसेवी विनय जंग बस्नेतले पनि दीपकराज गिरीको भनाइसँग सहमत जनाउँदै बुद्धले त मध्यरातमा श्रीमती छोडेर गए रविले त आफ्नो जिम्मेवारी पूरा गर्ने गरी सम्बन्ध तोडेको उल्लेख गरेका छन्। उनले रविले गरेका पर्दाफासबाट डराएका केही व्यक्तिले पारिवारिक सम्बन्धलाई प्रयोग गरेर रोक्ने प्रयास गरेको भन्दै त्यसपछि नडगमगाउन आग्रह गरेका छन् । रविप्रति जनताको पूरापूर साथ रहेको भन्दै आफ्नो कर्ममा नअल्मलिकन लाग्न सुझाएका छन् ।

रविकी पूर्वपत्नी इशा लामिछानेले रविले आफूलाई २५ वर्षसम्म धोकामा राखेको भन्ने समाचार बाहिरिएको थियो । समाचारमा रवि अमेरिकामा रहेदा अमेरिकन महिलासँग विहे गरेको र उनीबाट एउटा छोरा भएको पनि बताइएको थियो । समाचारमा जनाइएअनुसार पूर्वपन्ती इशालाई धोकामा राखेर रवि निकिता पौडेलसँग विवाह बन्दनमा बाँधिन लागेको समेत उल्लेख छ । तर यसबारेमा रविले फेसबुका लामो स्ट्याटसलेखेर वास्तविक्ता प्रस्ट पार्ने प्रयास गरेका छन्।

र यो पनि

रवि लामिछानेकी पूर्वपत्नीको करुण पुकारः मलाई २५ वर्ष धोकामा राखियो

रवि लामिछाने