कभर स्टोरी भिडियो

‘बोधिसत्व प्राप्त गरेको छु’ भन्दै हिँड्ने सन्यासीहरु ओशो व्यापारी हुन् (भिडियाेसहित‌)

‘बोधिसत्व प्राप्त गरेको छु’ भन्दै हिँड्ने सन्यासीहरु ओशो व्यापारी हुन् (भिडियाेसहित‌)

करिब दश वर्षसम्म ओशो रजनिशका दर्शनलाई पछ्याउँदा पनि तानसेनका दुर्गाप्रसाद जोशीलाई ओशोका आश्रमहरू छन् भन्नेबारे थाहा थिएनन् । उनी ओशोका क्यासेटहरू जम्मा गर्थे र ओशोलाई सुन्थे । ओशोले दिएका ध्यानका विधिबारे आफैं सिक्थे, उनी । विस्तारै उनलाई आफूमा र आफ्नो सोचाइमा परिवर्तन भएको आभास हुन थाल्यो । परिवर्तनको आभास भएसँगै ध्यान गर्ने रूची पनि उसैगरी बढ्यो । 

 

सत्यबाट उनी पनि अछुत रहन सक्दैनन् । एकदिन उनले पनि ओशोका आश्रमबारे थाहा पाए । यही थाहा पाएरै भारतको एक आश्रममा गएर ध्यान गरे । त्यहाँका गुरूसँग चिनाजानी भयो । गुरूमार्फत् उनले सन्यास पनि प्राप्त गरे । त्यहाँबाट धनगढी आएपछि धनगढीको आश्रममा पनि गए उनी । पहिलाका गुरूले त्यहाँ गएको थाहा पाएर ‘त्यहाँ किन गइस् ?’ भनेर नराम्रोसँग हकारे उनलाई । एकपछि अर्को आश्रम जाने क्रममा उनले मानिसहरूको सोचाइलाई नजिकबाट नियाल्न थाले । एउटाले अर्कोको विरोध गर्ने र त्यसको गलत प्रचार गर्न खोज्ने प्रवृतिका बारेमा पनि थाहा पाए । आखिर उनीहरू सबैले आफ्नो आश्रममा बजाउने वाणी भनेकोे ओशोेकै थियो । तर व्यक्तिबीचको किचलो र आश्रमको नाममा खडा गरिएको पार्टीगत प्रचारले उनलाई हाँसो लाग्न थाल्यो । 


धर्मका नाममा सनातनदेखि नै व्यापारीकरण हुँदै आएको र यो पछिसम्म पनि जारी रहने उनले बताए । ‘यो कुरा ओशोाई पनि थाहा थियो । एकदिन कसैले ओशोलाई सोधेछन्, तपाईको मृत्युपछि तपाईंको उत्तराधिकारी को हुन्छ ? ओशोले भनेछन्, म मनुर्को किन चिन्ता ? म बाचुञ्जेलको फाइदा लिनुस् । म मरेपछि त कसै न कसैले मेरो नाममा व्यापारीकरण गर्छ भन्ने कुरा पक्का हो । त्यसकाराण उनले जीवनकालमा आफ्नो नाममा कहिल्यै पनि सम्प्रदाय खडा गर्ने अनुमति दिएनन्’, उनले सुनाए । 

 

जोशी तानसेनस्थित त्रिभुुवन विश्वविद्यायका लेक्चरर हुन् । अध्यात्ममा उनकोे रूची पहिलैदेखि थियो । त्यसमा ओशोको विचारलाई समाते उनले । ओशोको स्वष्ट विचारधाराले प्रभावित भएको भन्दै उनले भने, ‘उहाँको दर्शनमा विश्वास छ । कुनै अन्धविश्वास छैन । कुनै पनि धर्मलाई मान्नै पर्ने, पूजापाठ गर्नैपर्ने भन्ने प्रावधान छैन । उहाँले धर्मलाई वैज्ञानिक आधारमा खडा गर्नुभएको छ । ओशोको ध्यान गर्दा तत्काल नगद हात लाग्छ । ओशोको स्पष्ट विचार र तत्काल सत्यको अनुभव गराइदिने क्षमता मनपर्‍यो ।’ 

 

ओशोले जीवनकालमा कहिल्यै आफूलाई पूजा गर्न भनेनन् । तर उनको नामलाई ट्रेडमार्कको रूपमाा प्रयोग गरेर खडा भएका कम्मयूनमा ओेशोकोे पूजाआजा गरिन्छ । पूजा गर्नु सही या गलत ? भन्ने प्रश्नमा जोशीले भने, ‘पूजा गर्नुहुन्न भन्नेहरू जति सीि हुन् पूजा गर्नुपर्छ भन्ने पनि सही छन् । तर मनमा केही ललोभ राखेर पूजा गर्नु भनेकोे गलत नै हो । कसैलाई आरध्यदेव मानेर आदभारवले पूजा गरिनु ठीक हो । स्वार्थमा गरिने पूजा गलत हो ।’  

 

पूजापाठ गर्नु गलत होइन तर पूजापाठ गरेर धर्म हुन्छ भन्ने सोच्नु गलत भएको उनको मान्यता छ । वास्तवमा व्यक्तिगत रूपमा उनी ओशोको पूजा गर्दैनन् । जप र मन्त्रपाठमा विश्वास नराख्ने जोशी केवल ध्यान गर्छन् । 

 

ध्यान गर्न या कुनै पनि कार्यको लागि गुरू अनिवार्य हुन् भन्ने कुरामा विश्वास गर्दैनन् उनी । भन्छन्, ‘गुरू आवश्यक छन् तर अनिवार्य छैनन् । सधै गुरूको साथमा हुनु भनेको शोषण हुनु हो । कुनै समय गुरूले पनि एक्लै छोडिदिनुपर्ने अवस्था आउँछ । ओशोले जीवनकालमा कसैलाई गुरू मानेनन् । किनभने अरुलाई मान्दा आफू कहिल्यै बनिदैन । अध्यात्ममा त आफू बन्ने हो ।’           

 

ओशोकाे देहान्तपछि उनको नाममा व्यापारीकरण बढेको भन्दै उनले त्यस्ता व्यक्ति धेरै दिन नटिक्ने बताए । भगवान् र हाम्रो बीचमा पुजारीको आवश्यकता नभएजस्तै आशो र हामीबीच पनि कुनै एजेन्टको अवश्यक्त नहुने तर्क उनले अघि सारे । केही गलत व्यक्तिबाट ओशोको नाममा व्यापारिकरण भइरहेको र कोही पनि व्यक्ति विशेष यसबारे सचेत हुनुपर्ने उनले बताए । 

 

कुनै पनि आश्रम या गुरूको सहयोगबिना नै ओशोको दर्शनसँग जोडिइन सक्ने बताउँदै उनले भने, ‘ओशोको पुस्तक पढे र इन्टरनेटमा सामग्री खोजे पुग्छ । दश वर्षसम्म मैले खाली ओशो सुने र ध्यानका विधि हेरेर फाइदा लिएँ । सुरूमा ओशोलाई पढ्नुस् र उनका ध्यानका विधि अपनाउनुस् । यति गर्न सकियो भने कतै जानु आवश्यक छैन । आश्रम गएकै खण्डमा पनि त्यहाँबाट आवश्यक लाभ लिन सक्नुपर्छ ।’

 

ओशो सन्यासी नै भए पनि उनी पूनर्जन्ममा चासो राख्दैनन् । यसबारे थाहा पाइराख्न आवश्यक नै नरहेको र वर्तमान जन्मबारेमात्र ध्यान दिन उनको आग्रह छ । वैज्ञानिक प्रमाणित भए पनि खाली यसले मानिसमा भ्रममात्र पैदा गर्ने उनले बताए । 

 

उनको लागि कसैले बोधिसत्व प्राप्त गर्न लामो समय तपस्या गर्नैपर्छ भन्ने छैन । हरेक मानिस आफैंमा बुद्धत्व भएको उनको मान्यता छ । बुद्धत्वलाई निकै सामान्य मान्ने उनी भन्छन्, ‘बुद्धत्व भनेको जो कोहीले प्राप्त गर्न सक्छ । यो त केवल सपनाबाट विपनामा ब्यूझेजस्तै हो । यसलाई हामीले नै ठूलो कुरा बनायौं ।’

 

कसैले शान्त मुद्रामा बसेर आफ्नो विचार र शरीरलाई अवलोकन गर्छ भने त्यो नै बुद्धत्व प्राप्ति भएको भन्दै उनले थपे, ‘यस्ता व्यक्ति संसारमा धेरै छन् । तर मैले बुद्धत्व प्राप्त गरे भन्दै डाँका फुक्नु व्यापार हो ।’ 

 

सच्चा बाबालाई यौनको आश्यकता नै हुँदैन भन्ने बताउँछन् उनी । सच्चा बाबा भएकै कारण ओशोले आफ्नो जीवनकालमा एकपटक पनि सहवास नगरेको उनले बताए । ‘सेक्सका दुई मार्ग छन् । अधोगमन र उधोगमन । सेक्सको मार्ग अधोगमनतिर जाँदा सन्तान जन्मन्छ । उधोगमन हुँदा त्यसको चक्रमाथि जान्छ ।

 

त्यो भएपछि मानिसलाई धेरै आनन्द हुन्छ । सेक्सको उधोगमन भएको मान्छेमात्र सच्चा गुरु हो’, उनले भने । धेरैले ओशोको ‘सम्भोग से समाधी तक’ भन्ने पुस्तकलाई अर्कै अर्थमा बुझेको भन्दै उनले भने, ‘ओशोले सेक्सलाई प्राकृतिक रुपमा लिन सुझाए । सेक्सलाई स्वीकारेपछि बल्ल्ल उधोगमन हुन्छ । सेक्सको विरोध गरेर उधोगमन हुँदैन । सेक्सलाई बुझेपछिमात्र समाधी पाइन्छ भनेर भन्नुभएको हो । धेरैले ओशोले सम्भोगले नै समाधी दिन्छ भन्ने बुझेका छन् । तर त्यसको अर्थ, सेक्स्लाई छोडेर समाधीतिर लाग्नु भन्नु भएको हो । त्यसलाई गलत प्रचार गरियो ।’

ओशो सन्यासी दुर्गालाल जोशी