खेल

ग्लोब सकर अवार्डः रोनाल्डोलाई दुवै हातमा लड्डु  

ग्लोब सकर अवार्डः रोनाल्डोलाई दुवै हातमा लड्डु  

एजेन्सी । पोर्जुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् । बिहीबार राति दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड हात पारे ।

 

यसका साथै उनले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जित्न सफल भए । च्याम्पियन्स लिगमा रियल मड्रिडमा हुँदा युभेन्टसविरुद्ध गरेको उनको गोल उत्कृष्ट ठहरियो । यस्तै, वर्षको उत्कृष्ट प्रशिक्षक फ्रान्सका डिडीयर डेस्च्याम्पले पाए । जसले फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए ।

 

वर्ष २०१८ को उत्कृष्ट क्लबको अवार्ड भने एट्लेटिको मड्रिडले जित्यो । धेरै क्लबमा प्रशिक्षण गरेका प्रशिक्षक फाबियो कापेलो करियर कोच अवार्डबाट सम्मानित भए । उनले एसी मिलान, रियल मड्रिड, रोमा र युभेन्टसलाई सम्हालेका थिए ।

क्रिस्टियानो रोनाल्डो