कभर स्टोरी भिडियो

वाइडबडीमा उपसमितिले भनेअनुसार कारबाही गर्न सरकारलाई निर्देशन  दिन्छौं (भिडियोसहित)

वाइडबडीमा उपसमितिले भनेअनुसार कारबाही गर्न सरकारलाई निर्देशन  दिन्छौं (भिडियोसहित)

अमनलाल मोदी, नेकपाका सांसद हुन् । मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेसका महेश आचार्यलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य बनेका मोदी युवा छन्, युवाको जोश र रगत तातो हुने भइगयो । संविधानसभामा संविधान निर्माणमा कांग्रेस र एमालेले हठ गर्न थालेपछि एकपटक कुर्सी हानाहान भएको थियो । त्यो बेला मोदी पनि कुर्सी हानहान गरिरहेका थिए । 

 

यसपटक हामीले सोध्यौं कि जनताको करबाट किकिएका कुर्सी भाँच्नु हुन्छ ? उनले भने, ‘हामीले कुर्सी भाँचेका होइनौं । उठाएका मात्रै हौं । त्यति नगरेको भए जनताले अधिकार पनि पाउने थिएनन् । अधिकार प्राप्तिको लडाईंमा कति ठूलो ठूलो बलिदान दिनु पर्छ  । यो त समान्य कुरा हो ।’


मोरङको गेधनीयाको पुल बनाउने योजना मोदीले रातो किताबमा पारे, विराटगरको रिङ रोडको काम मोदीकै अग्रसरतामा भइरहेको छ, प्रदेश १ को राजधानी विराटनगरलाई बनाउन  मोदीले पहल गरि नै रहेका छन् । क्षेत्र नम्बर ४ मा अहिले बिजुली सेवा सबैतिर पुर्याउने उनको योजना छ  । विराटनगर पुष्पलालचौकदेखि विराटचौकसम्मको सडकलाई चार लेनको बनाउन मोदीको पनि जोडबल छ । लोहन्द्रा खोलाको पुल बनाउन उनले शुरुवात पनि गरेका छन् । 

 

मोदी विशेषगरी जनतासँग सोझै टचमा बस्ने प्रतिनिधि  हुन् । यिनलाई भेट्न, आफ्ना कुरा राख्न कुनै समस्या छैन । जहिले पनि जसले पनि यिनलाई भेट्न सक्छ । कतिपय नेताहरुलाई भेट्नै समस्या हुन्छ, तर मोदीको हकमा त्यस्तो छैन । उनको धेरै समय त आफ्नै क्षेत्रका जनताको पीरमर्का बुझ्नमै बित्छ । 

">

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइड बडी विमानमा भ्रष्टाचार भएको मोदीको ठहर छ । उनी संसदको सार्वजनिक लेखा समितिका सदस्य पनि छन् । उनको समितिले वाइडबडीबारे अध्ययन गरिरहेको छ ।  

 

मोदीको बुुझाइमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी होनाहार नेता हन् । तर युवा नेताले विवादास्पद विचार अभिव्यक्त गर्नु हुँदैन । उनको दावीअनुसार उपसमितिले दिएको सुझावअनुसार लेखासमितिले सरकारलाई कारबाही सिफारिस गर्नेछ ।  लेखा समितिले  दिएको निर्देशन मान्न सरकार बाध्य हुनुपर्ने मोदीको ठहर छ । 

 

मन्त्रीनिवासमा बसेर घर भाडा बुझ्नुलाई मोदीले पनि गलत माने । उनले मिडियाले पनि तटस्थ र तथ्यपरक समाचारहरु बाहिर ल्याउनु पर्ने धारणा राखे ।