ओटोमोबाइल

हुण्डाईले ल्यायो नेपाली बजारमा इलेक्ट्रिक 'कोना ईभी'

हुण्डाईले ल्यायो नेपाली बजारमा इलेक्ट्रिक 'कोना ईभी'

काठमाडौं । नेपाली बजारमा हुण्डाईको इलेक्ट्रिक कार कोना ईभी आएको छ । बिहिबार राजधानीमा एक समारोहकाबीच हुण्डाईका लागि नेपालको आधिकारिक वितकर लक्षमी इन्टरनेशनल प्रा.लिले उक्त कार सार्वजनिक गरेको हो । 

 

हुइण्डाईद्धारा सार्वजनिक गरिएको कोना ईभी पहिलो पूर्ण–इलेक्ट्रिक सबकम्प्याक्ट एसयूभी कार हो । जसमा क्लोज्ड ग्रीले र अद्भूत बाहिरी डिजाईन रहेको छ । यसमा  भित्री भागमा रहेको सेन्टर कन्सोलले सहजरुपमा सिफ्ट वाई वायर मोडलले गाडी चलाउन सहयोग गर्ने कम्पनीले जनाएको छ । 

 

कोना ईभी हुण्डाईको अहिले सम्मकै सबैभन्दा नयाँ र सफल मोडल रहेको कम्पनीले दाबी गरेको छ । यसको १३५ पीएसको पावरले एसयूभीमा दरिलो ईलेक्ट्रिक पावर ट्रेनको पावर प्रदान गर्ने जनाइएको छ । 


  
कोना ईभी को फ्रन्ट व्हील ३९.२ किलोवाटको लिथिनियम आईओन पोलिम ब्याट्री प्याकको पावरमा गुड्छ । 


याे सिंगल चार्जमा ३०० किलोमिटरभन्दा बढि अर्थात् एक पटकको फूल चार्जमा ६ घण्टासम्म ड्राईभ गर्न सकिने छ । त्यो पनि रिजेनेरेटिङ ब्रेकिङ्ग इफेक्ट सिष्टमसहित । 

कोना ईभी को मुख्य विशेषताहरुमा टप–बटम एलईडी डीआरएलएस् र हेडल्इाम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलईडी रियर ल्याम्पहरु, अटोहोल्डको साथ ईलेक्ट्रिक पार्किङ ब्रेक(ईपीबी), प्याडल सिफटर, तातो र हावा जाने अगाडीको सिटहरु, ताररहित चार्जर(फोन), ६ एअरब्यागहरु (अगाडी र साइडमा थोरेक्स र पेल्भीस), हिल एसिस्ट कन्ट्रोल (एचएसी) आदी रहेका छन् । 

कोनाको हाल नेपाली मूल्य ५१ लाख ९६ हजार तोकिएको छ । 

हुण्डाई