मनोरञ्जन भिडियो

संगीत क्षेत्रमा नामसँगै पैसा कमाउन गाह्रो(भिडियो सहित)

संगीत क्षेत्रमा नामसँगै पैसा कमाउन गाह्रो(भिडियो सहित)

काठमाडौं । गायक ध्रुव विस्कोले पछिल्लो समय गाएका गीत सुपर हिट छन् । डान्सिङ नम्बरका गीत गाउन रुचाउने विश्वले चरी चुच्चे च, तिम्रो जिरो फिगरले जस्ता हिट गीत दिइसकेका छन् । सांगितिक क्षेत्रमा लागेको ५ वर्षको अवधिमा उनले तीन दर्जन गीत गाइसके ।

 

तर यो क्षेत्रको यात्रा भने अन्य धेरै गायकजस्तै उनलाई पनि पक्कै सजिलो लाग्दैन । नाम र पहिचानसँगै पैसा पनि कमाउन सजिलो नभएको उनको तर्क छ । तर लगनशील भएर लाग्ने हो भने असम्भव नभएको बताउँछन् । 

 

कहिलेकाही वर्षौं लगाएर मिहेनत गरेका गायकले राम्रो स्थान नपाउँदा खहरे झैं आउने कला र गला बिनाका गायक देख्दा उनलाई पनि कता कता दुःख लागेर आउँछ । तै पनि गायकको क्वालिटि हेरेर गीत गाउने दिन आउँछ भन्ने कुरामा उनी विश्वस्त छन् । यसको लागि सर्जक र संगीतकारले पनि सिंगो संगीत क्षेत्रको लागि राम्रा कला र गला भएका गायक छान्न जरुरी भएको उनले बताए । 

 

 

बेलाबखतमा चर्चामा आउने र हराउने गायकलाई चर्चित बनाउन मिडियाको ठूलो हात भएको उनले बताए । उनले थपे, ‘खहरे झै अनावश्यक चर्चा गरेर लायक नभएका व्यक्तिलाई लायक बनाउने काम नगरिदिनुहोला ।’

 

पछिल्लो समय धेरै गायकले फिल्ममा गीत गाएर चर्चा बटुलेका छन् । फिल्ममै गाएर गायकको संगीत क्यारियरमा ‘प्लस प्वइन्ट’ हुन्छ भन्ने कुरामा उनी विस्वास गदैनन् । कतिपय गायकले आफैँले कम्पोज गरेर आफैँ गाएर पनि राम्रो स्थानमा आएको उनले बताए । तर फिल्ममा गाएर हिट हुनेलाई सबैले स्वीकार गरेर हिट भएको जस्तो लाग्छ उनलाई । 

 

विस्को सानैदेखि गीत गाउथे । कक्षा ८ पढ्ने बेलामा भने अन्य क्षेत्रभन्दा पनि संगीत क्षेत्रको लागि आफू ठीक छु जस्तो लाग्न थाल्यो उनलाई । अहिले उनी जुनसुकै जानराको गीत गाउने प्रयास गर्ने बताउँछन् । तर डान्सिङ नम्बरका गीत गाउन भने उनलाई बढी रुची लाग्छ । 

गायक धुर्व विस्को