शेयर कर्पोरेट

अग्रिम सेयर पैसा माग्ने ब्रोकरलाई नेप्सेको कडा निर्देशन

अग्रिम सेयर पैसा माग्ने ब्रोकरलाई नेप्सेको कडा निर्देशन

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई अग्रिम रकम नमाग्न कडा निर्देशन दिएको छ । 

बजारमा धितोपत्र बिक्री गर्दासमेत ब्रोकरहरुले अग्रिम रकम माग गरेको भन्दै तिब्र जनगुनासाहरु आएपनि नेप्सेले त्यस्तो नगर्न निर्देशन गरेको हो ।


धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । 

तर सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको छ। 


स्टकले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ। 


शेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरिवेक्षण शाखाले जनाएको छ।
 

नेपाल स्टक एक्सचेञ्ज नेप्से