अर्थ बैंकिङ

भद्र सहमति तोड्दै सनराइज र एनसीसी, ९.६५ व्याजदर प्रदान गर्दै २ अर्बबढि निक्षेप उठायो 

भद्र सहमति तोड्दै सनराइज र एनसीसी, ९.६५ व्याजदर प्रदान गर्दै २ अर्बबढि निक्षेप उठायो 

काठमाण्डौ । फेरी पनि निक्षेप संकलनमा बैंकले प्रदान गर्ने अधिकतम व्याजदर रेटमा भद्र सहमती तोड्ने काम भएको छ । 
राष्ट्रबैंकको समन्वय र दवाबमा ब्याजदरलाई एकल अंकमा सीमित गर्ने भद्र सहमतिमा सनराइज बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले भद्र सहमति तोडेका हुन् । 

 

केन्द्रीय बैंकको दवाबमा नेपाल बैंकर्स संघले केही समयअघि ब्याजदरको भद्र सहमति कायम गरेको थियो । सो सहमति अनुसार संस्थागत मुद्धती निक्षेपमा ९ प्रतिशत भन्दा बढी ब्याज दिन पाइन्न । यसमा  ०.५० प्रतिशत थप्न पाइने भएकोले बैंकहरुले बढीमा ९.५० प्रतिशत ब्याजमा मात्रै मुद्धती निक्षेप उठाउन पाउँछन् । 

 

तर, एनसीसी बैंक र सनराइज बैंकले नेपाल टेलिकमबाट भद्र सहमति तोड्दै ९.६५ प्रतिशत ब्याजदर दिएर २ अर्ब बढी निक्षेप उठाएका छन् । 

 

नेपाल टेलिकमले विभिन्न बैंकमा राखेको २ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप बढी ब्याज दिएर यी दुई बैंकले उठाएका एक बैंकरले जानकारी दिए ।

उनका अनुसार टेलिकमको निक्षेप राखेका साबिकका बैंकहरुले ९.५० प्रतिशत ब्याज अफर गरे पनि एनसीसी र सनराइजले ९.६५ प्रतिशत अफर गरेपछि  टेलिकमले निक्षेप सारेको हो ।

 

भद्र सहमति तोडिएकोमा अन्य बैंकहरुले विरोध जनाएका छन् । उनीहरुले सहमति तोड्ने बैंकहरुलाई कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।  
 

बैंकर्स संघ