समाचार प्रदेश ७

चिर्पट प्रहार गरी युवकको हत्या 

चिर्पट प्रहार गरी युवकको हत्या 

महेन्द्रनगर । कञ्‍चनपुरमा एक युवकको चिर्पट प्रहार गरी हत्या गरिएको छ। जिल्लाको महाकाली नगरपालिका- २ मा आइतबार राति २२ वर्षीय हरजितसिंह धामीलाई दाउराको चिर्पटले प्रहार गरि हत्या गरिएको हो । 

 

स्थानीय कालुसिंह बोहराको घरमा विवाहको साँस्कृतिक कार्यक्रम चलिरहेको बेला स्थानीय महेन्द्रसिंह बोहराले धामीको टाउकोमा चिर्पट प्रहार गरेका हुन् । चिर्पट प्रहार गरे लगत्तै गम्भीर घाईते भएका धामीलाई उपचारका लागि भारतको खटिमा पुर्‍याइएको थियो। धामीको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए।  

कञ्चनपुर चिर्पट प्रहार