बैंकिङ

सिप्रदी ट्रेडिङ र कामना सेवा विकास बैंकबीच सवारी कर्जा लगानी सम्झौता

सिप्रदी ट्रेडिङ र कामना सेवा विकास बैंकबीच सवारी कर्जा लगानी सम्झौता

काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालि बीचमा सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।

 

सम्झौताअनुसार सिप्रदी ट्रेडिङ प्रालिमार्फत् सिफारिस भई अएका ग्राहकहरूले टाटा का विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका थिए।

 

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा ब्त्ः मार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि-आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना रहेको जारी विज्ञप्तिमा जनाइएको छ।

कामना सेवा विकास बैंक लिमिटेड सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड