मनोरञ्जन

‘मणिकर्णिका’ मा कंगनाको २६ लाखको पहिरन बनाउनै लाग्यो ६ महिना

‘मणिकर्णिका’ मा कंगनाको २६ लाखको पहिरन बनाउनै लाग्यो ६ महिना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिका’ आज २५ जनवरीबाट रिलीज भएको छ । फिल्मको कस्ट्यूम डिजाइनर नीता लुल्लाले सामाजिक सञ्जाल इन्स्टाग्रामा कंगना र अन्य कलाकारको लुक्सको तैयारीसँग जोडिएको कुरा शेयर गरेकी छिन् । यसमा उनले कसरी जयपुरको जडाऊ ज्वेलरीले र पुराना चिजको माध्यबाट कंगनाको मणिकर्णिका अथवा झांसीकी रानीको लुक दिएको र अन्य कलाकार कास्टको लागि खादीको कस्ट्यूम डिजाइन गरिएको कुरा बताएकी छिन् । 

 

 

मणिकर्णिकाको वेडिङ सीक्वेन्सको लागि मोतिको एक विशेष आभूषण ‘मुडावकक्या’ बनाइयो । यो मराठी विवाहमा सबैभन्दा शुभ पोशाक मानिन्छ । कंगनाको गहनाका प्रत्येक टुक्रा दस्तकारीका सुन्दर नमुना हो । यसमा चाँदीको महिन ताराको साथमा सेमी प्रिसियस स्टोन्स जडान काममा प्रयोग गरिएको हो । फिल्ममा प्रयोग गरिएको ज्वेलरी जयपुरकोे कारीगरोले बनाएका हुन् ।  

 

 

कंगनाले विवाहकोे दिन सबभन्दा भारी वस्त्र लगाएकी थिइन् । यो बारावरी सारी हो । यो १२ गजको हुन्छ । यसको तौल १० किलो हो । पहिरनसँगै ज्वेलरी पनि छ । जसमा मराठी र मध्य भारतकोे परम्परागत पहिरनको मिश्रण देखिन्छ । यसको तौल पनि १० किलो छ ।  यसको साथै उनीहरुले ४–५ हेयर एसेसरीज पनि लगाएका थिए । यी सबै चीज जोड्दा पूरा पहिरानको तौल २० किलो थियो ।
 

 

नीताले एक अन्तर्वार्तामा भनकी छिन्, ‘मणिकर्णिकाको कस्ट्यूम्समा करिब ६ महीना समय लाग्यो । दुईसम्म उनको लागि रिसर्चको काम भयो । त्यसपश्चात ४ महीनामा ट्रायल्स र लुक टेस्ट भयो ।’ फिल्मको द्वन्द्वको दृश्यको क्रममा कंगना अंगरखा अथवा विधवा रानीको लुकमा खादीको साड़ीमा देखिने छिन् । योद्धाको अनुमानको लागि चमड़ेले बनकोे कवच नीताले आफ्नै हातले तयार पारेकी हुन् ।

 

फिल्ममा गंगाधर रावको मृत्यु पश्चात रानीे विधवा रूपमा देखिनेछिन् । त्यसको लागि कंगनाले खादीको सारी लगाएकी छन् । स्रोतले जनाएअनुसार, कंगनाले प्रयोग गरेका वस्त्रको मात्रै २६ लाख परेको थियो । 
 

कंगना रनावत