अर्थ बैंकिङ

प्रभु बैंकको सिईओमा पुनः शेरचन नियुक्त

प्रभु बैंकको सिईओमा पुनः शेरचन नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पुनः अशोक शेरचन नियुक्त भएका छन् ।

आज विशेष समारोहकाबीच बैंक संचालक समितिले शेरचनलाई चार बर्षका लागि दोस्रो पटक नियुक्ती दिएको हो । उनको पहिलो कार्यकाल यहि माग १८ गते सकिँदै छ ।

 

एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म आइपुगेका शेरचनसँग २१ बर्षको बैंकिङ अनुभव छ। उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए । 


 
प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै शेरचनलाई सिर्इओको जिम्मेवारी दिइएको हो। उनी बैंकर्स संघको कार्य समिति सदस्य समेत हुन्।

प्रभु बैंक