विचार

रामबहादुर बम्जन र स्वामी आनन्द अरुणबीच कति समानता, कति असमानता ? 

–स्वामी अनमाेल

रामबहादुर बम्जन र स्वामी आनन्द अरुणबीच कति समानता, कति असमानता ? 

२६ डिसेम्बर २०१८ मा सेतोपाटी अनलाईन लेख्यो, ‘आफूलाई मैत्रीय बुद्ध भन्ने रामबहादुर बम्जनले आश्रम भित्र गरेका हत्या र यौनजन्य हिंसाविरुद्ध पत्रकार सम्मेलन हुँदासम्म पनि मूलधारका राष्ट्रिय पत्रपत्रिकाले स्थान दिएनन् । उक्त कुनै चासोको विषय पनि भएन । सो घटनाको विवरणसहितको भिडियो लिंक तल पढ्न सक्नुहुन्छ । http://setopati.net/social/136521

 

 

यसरी नै ओशो तपोबनमा भएको यौनहिंसा, हत्या श्रमशोषण बारे नेपाल आजले लगातारआवाज उठाउँदै आएको छ । तर तपोवनका संरक्षक आनन्द अरूण उल्टै आफ्नो बिरूद्ध बोल्ने सन्यासी र नेपालआज मिडियाविरुद्ध  अनेकौं हतकन्डा लगाएर सत्य दबाउन खोज्दैछन् । आनन्द अरुणबारे सत्य विषयबाहिर आउँदा भारतको पुनाआश्रमले पैसा दिएको, स्वामी देवसुन्दरले पत्रकारलाई मोटरसाइकल र पैसा बाँडेको, कान्तिपुरले तीन करोड खाएर सम्पादकीय छापेको जस्ता हल्लाहरु फैल्याउने गरिएको छ । 

आश्चर्यको कुुरा त यो छ कि स्वामी आनन्द अरुण आफैले कर्मकाण्डमा डुबेर अध्यात्मको खोल ओड्नु भएको छ । उहाँले आफूमाथि लागेको आरोपको असत्य भएको प्रमाण कहिले पेश गर्नु भएन । खण्डन गर्न सक्नु भएन । मात्रै यति भन्नु भयो कि – भ्रामक प्रचार गरिएको छ । आफै सत्य नभन्ने, अरुले असत्य प्रचार गरेको भन्दा आरोप स्वीकार गरेको जस्तो देखियो । 

 

यहाँ म मैत्रीय बुद्ध भनिने रामबहादुर र बोधिसत्व भनिने अरूणकुमार सिहंबीचको मिलिभगतका केहि कुरा राख्ने जमर्को गर्दैछु ।  उद्देश्य ब्यक्तिगत लाभ हानी नभई धर्म र अध्यात्मको नाममा भित्रिएको भारतीय शैलीको दर्शन, नेपालको परेको प्रभाब र त्यसबाट हाम्रा नेपाली चेलिबेटीलाई कसरी सुरक्षित राख्ने र त्यस्ता गतिबिधिको जानकारी जनमानसमा पुर्‍याउने भन्ने मूल बिषय हाे । 

हाम्रो प्रयास जारी नै रहन्छ । तोपनका संरक्षक स्वामी आनन्द अरूणले लेखेका पुस्तकहरू मध्ये ‘अन्तर्यात्रा’  पेज २६७ मा ‘आधुनिक युगमा साधनाको चमत्कार’ शीर्षकमा लेखेका छन् पेज २६९ मा अरूण लेख्छन्, ‘बम्जन प्रति लगाईएका कुनै पनि लाञ्छना मलाई अज्ञानी मनमा उठेका तुवाँलो जस्तो मात्रै लाग्छन् ।’ जसरी अरूणले कुमारस्वामी नेपाल भित्राएर बनकाली चमत्कार देखाए त्यहि शैलीमा बम्जनको पक्षमा पनि वकालत गर्दै आएको भेटिन्छ । 

 

स्वामी आनन्द अरुणले समेत आदर्श मानेका बम्जनविरुद्ध यतिबेला  हत्या, बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेको छ । 

यौन र धनका विषयमा नयाँ विचार सम्प्रेषण गरेर संसारभर ओशो चर्चित र विवादास्पद बने । स्वामी आनन्द अरुण र उनको तपोवनको गतिविधिले ओशो वास्तवमै विवादास्पद  विचारक हुन् कि भन्ने मानिसहरुमा भ्रम पैदा भएको छ । फरक मत राख्ने सन्यासीहरुलाई आज अरुणकुमार सिंहको हर्कतले बाहिर मुख देखाएर हिँड्न लाजमर्दो भइसकेको छ । 

 

अरुणकमार सिंहका समकक्षी सन्यासीहरुले समेत महिला सन्यासीहरुलाई खुट्टा ढोगाउने, मानिसहरुलाई लडीबुडी गराएर चटक गर्न थालेको तस्वीरहरु फेला परिरहेका छन् ।  

 

पोखरा उपबनका स्वामी योगानन्द, ओशो जेतबन लुम्बिनीका स्वामी प्रेमकृष्ण, ओशो तथागत कपिलबस्तुका स्वामी ध्यान गंगन ( जसले आफ्नै पत्नीलाई स्वामी आनन्द अरुणको खुट्टा मिच्न लगाएर आफैंले फोटो खिचेका थिए । ) यि सबै क्रियाकलाप हेर्दा, लाग्छ ,ओशोको सम्पूर्ण अध्यात्म नेपालमा खुट्टा ढोगाउनमा नै सिमित देखिन्छ । 

राजनीतिक शक्तिको अखडा ,राज्यकोषको दुरुपयोग, कर छली,बनजंगल हडप्नकै लागि ओशो तपोनव सक्रिय ,सीता र भृकुटीजस्ता सम्मानीत नारी जन्मिएको देश नारीलाई पैताला मुनि नै राख्ने हो भन्ने ध्यानको लागि खोलिएको ओशो तपोबनको औचित्य के ?

 

कुन ध्यान लागि नेपाली चेलिबेटीलाई ओशो तपोवन र तिनीहरूद्वारा संचालित आश्रम सुरक्षित छ भनि चिनाऊने ? यो प्रश्न अहिले हामीबीच बहसयोग्य बनेको छ । 
 

रामबहादुर बम्जन स्वामी आनन्द अरुण