समाचार कर्पोरेट

नेपाल र भारतका युवा उद्यमीलाई जोड्ने सम्मेलन सम्पन्न

नेपाल र भारतका युवा उद्यमीलाई जोड्ने सम्मेलन सम्पन्न

काठमाडौं । राजधानीमा काठमाडौंस्थित भारतीय दूतावासद्वारा आयोजित सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । होटल याक एण्ड यतिस्थित भारतीय दूतावास र ‘क्लब बि बिजनेस इन्नोभेसन’ को सहकार्यमा ‘कनेक्ट इन इन्टरनेसनल एन्टरपनर्सिप कन्क्लेव’ को दोस्रो संस्करण समापन भएको हो । 

नेपाल र भारतका १२ एन्टरपनर्सले उक्त सम्मेलनमा परामर्शदाताको भूमिका निभाएका थिए । उक्त सम्मेलनमा हजार भन्दा बढी युवाले नेपाल तथा भारतका युवा व्यवसायीसँग अन्तरक्रिया गरे ।  नेपाल र भारतका युवा उद्यमीलाई जोड्नु यस सम्मेलनको मुख्य उद्येश्य थियो ।